हम्मरले हान्दा मृत्यु



हाम्रो इकोनोमि

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ पाल्चोकमा दुईपक्षबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

जयबागेश्वरी माध्यमिक विद्यालयको निर्माणाधीन भवनमा मजदुरीको काम गर्ने सुजन चौधरी र विशाल चौधरीबीच झगडा हुँदा गएराति विशाल चौधरीको मृत्यु भएको हो ।

अध्यधिक मादक पदार्थ सेवन गरेका दुवैबीच सामान्य भनाभनपछि बर्दिया जिल्ला बारा बर्दिया नगरपालिका–७ स्थायी घर भएका १८ वर्षीय सुजन चौधरीले हम्मरले टाउकामा हान्दा सोही स्थान घर भएका २० वर्षीय विशाल चौधरीको घटनास्थलमै मृत्यु भएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो ।

घटनास्थल पुगेको प्रहरी टोलीसमक्ष अभियुक्त सुजनले आफूले विशालको हत्या गरेको स्वीकारेका छन् । प्रहरीले चौधरी र हत्यामा प्रयोग गरिएको हम्मर बरामद गरेको छ ।

शव परीक्षणका लागि मेलम्ची स्वास्थ्य केन्द्रमा ल्याइएको र आफन्त आएपछि शव जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...