हम्मरले हान्दा मृत्यु



हाम्रो इकोनोमि

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ पाल्चोकमा दुईपक्षबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

जयबागेश्वरी माध्यमिक विद्यालयको निर्माणाधीन भवनमा मजदुरीको काम गर्ने सुजन चौधरी र विशाल चौधरीबीच झगडा हुँदा गएराति विशाल चौधरीको मृत्यु भएको हो ।

अध्यधिक मादक पदार्थ सेवन गरेका दुवैबीच सामान्य भनाभनपछि बर्दिया जिल्ला बारा बर्दिया नगरपालिका–७ स्थायी घर भएका १८ वर्षीय सुजन चौधरीले हम्मरले टाउकामा हान्दा सोही स्थान घर भएका २० वर्षीय विशाल चौधरीको घटनास्थलमै मृत्यु भएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो ।

घटनास्थल पुगेको प्रहरी टोलीसमक्ष अभियुक्त सुजनले आफूले विशालको हत्या गरेको स्वीकारेका छन् । प्रहरीले चौधरी र हत्यामा प्रयोग गरिएको हम्मर बरामद गरेको छ ।

शव परीक्षणका लागि मेलम्ची स्वास्थ्य केन्द्रमा ल्याइएको र आफन्त आएपछि शव जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...