ओलीले पाखुरा सुर्किदै भने-‘कांग्रेस अनेरास्ववियुभन्दा ठूलो छ कि छैन भनेर चुनावपछि प्रमाणित हुन्छ’



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरजस्तो मतपत्र च्यातेर चुनाव जित्ने काण्ड अब दोर्हयाउन नदिने बताएका छन्।
त्यस्तै उनले नेकपा माओवादी केन्द्रले ०६४ सालको पहिलो संविधान सभा चुनाव झुक्किएर जितेको आरोप लगाएका छन् । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय समिति तथा राष्ट्रिय परीषद बैठकलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने,‘अब त्यो सम्भावना दोहोरिँदैन्, काँग्रेसले आफुलाई अझै ठूलो ठान्ने गरेको छ, ‘तर त्यो पार्टी हाम्रो यो विद्यार्थी संगठन अनेरास्ववियुभन्दा ठूलो छ कि छैन भनेर चुनावपछि प्रमाणित हुन्छ।’
प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनमा मात्रै नभएर सातै प्रदेश र संघीय संसदमा पहिलो पार्टी बन्ने दाबि गरेका छन्।

उनले भने, ‘सवै प्रदेश र संघीय संसदमा बहुमत ल्याएर सरकार हामीले नै बनाउँदै छौं ।’ देशमा एमालेको प्रभाव देखेर अरु पार्टीहरु डराउन थालेको बताउँदै अध्यक्ष ओलीले भने,‘चुनावमा सवै मिलेर एमाले विरुद्ध गठबन्धन गर्नु त्यसको प्रमाण हो।’अहिलेनै सबैको सातो गएको छ र त तालमेलको चलखेलमा छन् उनले भने।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...