यी हुन् डरलाग्दा महिला तस्कर,जसले महिला र पुरुष गरी हजारौको यसरी गर्छन तेश्रो मुलुकमा तस्करी



हाम्रो इकोनोमि

युरोप, अमेरिका, क्यानडा, नसके खाडी मुलुकमा भए पनि पठाइदिन्छु भनेर मानव बेचबिखन गर्ने धन्दा मेनपावरका नाममा चलिरहेको छ ।
एन्टी करप्सन नेपालले दिएको जानकारीअनुसार भारतको नयाँ दिल्ली हुँदै विश्वका विभिन्न मुलुकमा मानव तस्करी गर्ने गिरोह काठमाडौं, पोखरा, नेपालगञ्जदेखि भारतको नयाँ दिल्लीसम्म सक्रिय रहेको भेटिएको छ ।

यी सबै काम मिलोमतोमा भइरहेका छन् । माइती नेपाल लगायतका संघ संस्था यस सम्बन्धमा चिन्तित रहेकाछन् ।
दीपक हमाल, बिनोद गुरुङ र धन बहादुर तामाङको समुहले नेपाली युवा युवतीलाई भारतको नयाँ दिल्ली, चीनको बेइजिङ, खाशा, सिङ्गापुर हुँदै क्यानडा, अमेरिका, हङकङ, मकाउ लगायतका मुलुकमा मानव तस्करी गर्दै आएको रहस्य खुलेको हो । विश्वका जुनसुकै मुलुकमा वर्किङ भिजा लगाइदिने भन्दै उनीहरुले १० लाख देखि २५ लाख अग्रीम डिपोजिट गराउने गरेका छन् ।

मानव तस्करको यो गिरोहले सम्बन्धित ब्यक्तिको पासपोर्ट पाएपछि रोजगारीमा जानको लागि आवश्यक पर्ने सम्पूर्ण कागजातहरु आँफैले तयार गरेर अध्यागमन पार गराउने गरेका छन् । प्रशासनिक उच्च तहका केही नेपाली र मल्टिपल भिजा लागेको ब्यक्तिको सहयोगमा यो गिरोहले विगत एक दशक देखि मानव तस्करी गरिरहेको श्रोतले उल्लेख गरेको छ ।

नयाँ टेक्नोलोजी र प्रविधिको प्रयोग गर्दै उनीहरुले फेसबुक, भाइबर, इमो र ह्वाट्सापबाट कुराकानी गर्ने, आवश्यक कागजातहरु तयार पार्ने र रोजगारीमा जाने युवायुवतीलाई ठग्ने गरेका छन् । दीपक हमालको एन.टि.सी.नम्बर ९८०६२४०७७५, ९८४७९०९५२८, धन बहादुर तामाङ ९८१८५३२६८२ र बिनोद गुरुङ ९८६१२१५३७२ रहेको छ ।

बिनोद गुरुङ शनिबार २४ असारमा नेपालगञ्ज हुँदै ६ जना नेपालीको पासपोर्ट लिएर क्यानडाको भिजा लगाउन भारतको नयाँ दिल्ली पुगेका थिए । गुरुङले आफ्नो नेपाल एस.बि.आई.बैंकमा रहेको खाता नं.२०११५२४१४०६३९९ मा रकम जम्मा गर्न लगाउने गरेका छन् ।

रोजगारीमा जानेहरुले उनको वैंक खातामा रकम जम्मा गरेपछि गुरुङले पासपोर्ट र सम्बन्धित रोजगारीमा जाने व्यक्तिहरुलाई विभिन्न नाका हुँदै भारतको नयाँ दिल्ली लैजाने गरेका छन् । गुरुङले दाङका उत्तम चौधरी पासपोर्ट नं.०७२९६११६ र ज्ञान बहादर डाँगी पासपोर्ट नं.१००११९८९ सहित करिब आधा दर्जन युवाको पासपोर्ट लिएका छन् ।
श्रोतले दिएको जानकारी अनुसार वैदेशिक रोजगार विभागको विमानस्थल डेस्कका कर्मचारी, अध्यागमनका कर्मचारी र प्रशासनको सेटिङमा दैनिक एकसयजना श्रमस्वीकृति नलिइकन भिजिट भिजा मार्फत वैदेशिक रोजगारीमा पठाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...