सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ



हाम्रो इकोनोमि

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका– ९ स्थित महभिरमा करिब १०० मिटर सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ ।

सडक भास्सिएपछि शनिबार बिहानदेखि काठमाडौँ बाह्रबिसे चल्ने सवारीसाधन रोकिएकाले समान्य मर्मत गरी अपराह्न ४ः०० बजेबाट एकतर्फीरुपमा यातायात सञ्चालन गरिएको बाह्रबिसे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पञ्चकुमार बंखुले जानकारी दिनुभयो ।

सडकको भित्तोमा कडा चट्टान भएकाले भित्तो काट्न नसकेपछि सामान्य मर्मत गरी यातायात सञ्चालन गरिएकाले फेरी कतिबेला रोकिन्छ भन्ने अनुमान गर्न नसकिने स्थानीयवासीको भनाइ छ । त्यस ठाउँमा एक महिनादेखि नै सडक भास्सिन शुरु गरे पनि सामान्य मर्मतकै भरमा यातायात सञ्चालन हँुदै आइरहेको थियो ।

वर्षा हुनेक्रम नरोकिएकाले भास्सिएको सडकमा अझ बढी क्षति पुग्ने सम्भावना छ । त्यस ठाउँमा भरपर्दोरुपमा काम हुन नसके नजिकै आउन लागेको नेपालीको महान् चाड वडादशैँमा घर फर्कनेलाई असर पुग्नसक्ने चिन्ता स्थानीयवासीको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...