खुम्बुमा पर्यटक बढ्दै



हाम्रो इकोनोमि

सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन शुरु भएको छ ।

वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । पर्यटक नआउने महिना असार÷साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीसमेत फर्किएकाले अहिले खुम्बुमा चहलपहल निकै बाक्लो रहेको खुम्जुङका होटल व्यवसायी सोनाम छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

वर्षा सकिएसंगै खुम्बुमा होटल, पसल, रेस्टुराँ तथा लजको सरसफाइ र आवश्यक सामग्रीको जोहो गर्न लागिएको लुक्लाकी होटल व्यवसायी दावाफुटी शेर्पाले बताउनुभयो । उहाँकाअनुसार भदौको अन्त्यदेखि पर्यटकको आगमन निकै बाक्लो हुन्छ । अहिले पनि दैनिक १०० भन्दा बढी पर्यटक लुक्लाबाट उकालो लाग्न थालेका सगरमाथा राष्ट्रिय निकुञ्ज जोरसल्ले चेकपोष्टले जनाएको छ ।

सगरमाथा क्षेत्रमा वर्षभरिमा यही मौसममा सबैभन्दा बढी विदेशी पर्यटक आउने गरेको तथ्यांक छ । प्रकृतिक सुन्दरता देखिने यो मौसममा लेकसमेत कम लाग्ने स्थानीयको भनाइ छ । मौसम शुरु भएसँगै लुक्ला विमानस्थलमा हवाइजहाज तथा हेलिकप्टरको चाप बढेको छ । तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पाका अनुसार अहिले लुक्लामा दैनिक १२÷१५ वटाभन्दा बढी उडान हुन थालेका छन् । अबको १५ दिनमा त्यहाँ दैनिक ७०÷८० वटा उडान हुने गर्दछन् ।

विसं २०७१ मा सगरमाथामा हिमपहिरो र २०७२ मा भूकम्पको असर तथा भारतीय नाकाबन्दीका कारण विसं २०७३ को यो मौसममा खुम्बुमा पर्यटक आगमन निकै कम भएको थियो तर गत वैशाख÷जेठमा खुम्बुमा पर्यटकको आगमन अहिलेसम्मकै बढी भएकाले यो मौसममा पनि पर्यटकको आगमन राम्रो हुने स्थानीयको अनुमान छ । सुरुआतमै पर्यटकको आगमन राम्रो भएकाले आफूहरु उत्साहित भएको नाम्चेका व्यवसायी फुर्वाल्हामु शेर्पाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...