खुम्बुमा पर्यटक बढ्दै



हाम्रो इकोनोमि

सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन शुरु भएको छ ।

वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । पर्यटक नआउने महिना असार÷साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीसमेत फर्किएकाले अहिले खुम्बुमा चहलपहल निकै बाक्लो रहेको खुम्जुङका होटल व्यवसायी सोनाम छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

वर्षा सकिएसंगै खुम्बुमा होटल, पसल, रेस्टुराँ तथा लजको सरसफाइ र आवश्यक सामग्रीको जोहो गर्न लागिएको लुक्लाकी होटल व्यवसायी दावाफुटी शेर्पाले बताउनुभयो । उहाँकाअनुसार भदौको अन्त्यदेखि पर्यटकको आगमन निकै बाक्लो हुन्छ । अहिले पनि दैनिक १०० भन्दा बढी पर्यटक लुक्लाबाट उकालो लाग्न थालेका सगरमाथा राष्ट्रिय निकुञ्ज जोरसल्ले चेकपोष्टले जनाएको छ ।

सगरमाथा क्षेत्रमा वर्षभरिमा यही मौसममा सबैभन्दा बढी विदेशी पर्यटक आउने गरेको तथ्यांक छ । प्रकृतिक सुन्दरता देखिने यो मौसममा लेकसमेत कम लाग्ने स्थानीयको भनाइ छ । मौसम शुरु भएसँगै लुक्ला विमानस्थलमा हवाइजहाज तथा हेलिकप्टरको चाप बढेको छ । तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पाका अनुसार अहिले लुक्लामा दैनिक १२÷१५ वटाभन्दा बढी उडान हुन थालेका छन् । अबको १५ दिनमा त्यहाँ दैनिक ७०÷८० वटा उडान हुने गर्दछन् ।

विसं २०७१ मा सगरमाथामा हिमपहिरो र २०७२ मा भूकम्पको असर तथा भारतीय नाकाबन्दीका कारण विसं २०७३ को यो मौसममा खुम्बुमा पर्यटक आगमन निकै कम भएको थियो तर गत वैशाख÷जेठमा खुम्बुमा पर्यटकको आगमन अहिलेसम्मकै बढी भएकाले यो मौसममा पनि पर्यटकको आगमन राम्रो हुने स्थानीयको अनुमान छ । सुरुआतमै पर्यटकको आगमन राम्रो भएकाले आफूहरु उत्साहित भएको नाम्चेका व्यवसायी फुर्वाल्हामु शेर्पाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...