संसदको धज्जी उडाउने प्रधानमन्त्री देउवाले राजिनामा दिनु पर्छ भन्दै ओलीले अरु के-के भने हेर्नुहोस भिडियो



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा भारतमा कुरा गरेर गल्ती गरेको बताएका छन्।

प्रेस चौतारी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदबाट चुनिएका प्रधानमन्त्रीले भारतमा गएर संसदको निर्णय फेरि सच्याउँछु भन्नु हास्यास्पद भएको बताए। दुई दिनअघिको संसद निर्णयलाई विदेशमा गएर सच्याउँछु भन्ने प्रधानमन्त्रीले राजीनामा दिनु उचित हुने ओलीको तर्क थियो।नेपाल आयल निगमले चितवनका जग्गा खरिदमा भष्ट्राचार गरेको खबर आइरहँदा पनि दलहरु मौन बसेको प्रसंगमा अध्यक्ष ओलीले एमाले एक्लैको प्रयासले भष्ट्राचार नियन्त्रण नहुने जिकिर गरे। उनले राज्यशक्तिको दुरुपयोग र संरक्षणमा भ्रष्टचारीहरु संरिक्षित रहेको ओलीको आरोप थियो।

राज्यशक्तिको दुरुपयोग लाइ निस्तेज पारेर ओलीले प्रदेश नम्वर २ को स्थानीय निर्वाचनमा समेत एमाले पहिलो पार्टी बन्ने दाबी गर्न समेत भ्याए ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...