जंगे शैलीमा मन्त्री बस्नेत,बिद्यासुन्दरले कानमा तेल हाले पछी किन भटाभट टेलिफोनका तार काटे ?



हाम्रो इकोनोमि

उपत्यकाका सडकमा असरल्ल छरिएका तार व्यवस्थित गर्न दिएको समय सीमाभित्र काम नभएपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत आफैं तार काट्न निस्किएका छन्। सञ्चारमन्त्री आइतबार बिहानै माइतीघर मण्डलामा देखा परे । मन्त्रालयका सचिव महेन्द्र गुरुङ, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, नेपाल टेलिकमका पदाधिकारीलगायत माइतीघर मण्डलामा जम्मा भइसकेका थिए ।

मन्त्रालयले काठमाडौं उपत्यकाका सबै स्थानीय निकायलाई तार व्यवस्थित गर्न पत्राचार गरेको थियो। एक महिनाअघि पठाएको पत्र कार्यान्वयनमा नआएपछि मन्त्री आफैं सडकमा उत्रिएका हुन्।

सञ्चारमन्त्री बस्नेत प्राविधिक जनशक्ति सहित तार काट्न र मिलाउन निस्केका हुन्। उनको टोलीले आज बिहान माइतीघर-बबरमहल क्षेत्रका तार काट्ने र मिलाउने काम गरेको हो।

सञ्चार मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत तार व्यवस्थित गर्न गत साउन ३२ गते पत्राचार गरेको थियो। सञ्चार मन्त्रालयको पत्रलगत्तै स्थानीय विकास मन्त्रालयले भदौ १२ गते महानगर र नगरपालिकालाई पत्र पठाएको थियो।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...