जंगे शैलीमा मन्त्री बस्नेत,बिद्यासुन्दरले कानमा तेल हाले पछी किन भटाभट टेलिफोनका तार काटे ?



उपत्यकाका सडकमा असरल्ल छरिएका तार व्यवस्थित गर्न दिएको समय सीमाभित्र काम नभएपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत आफैं तार काट्न निस्किएका छन्। सञ्चारमन्त्री आइतबार बिहानै माइतीघर मण्डलामा देखा परे । मन्त्रालयका सचिव महेन्द्र गुरुङ, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, नेपाल टेलिकमका पदाधिकारीलगायत माइतीघर मण्डलामा जम्मा भइसकेका थिए ।

मन्त्रालयले काठमाडौं उपत्यकाका सबै स्थानीय निकायलाई तार व्यवस्थित गर्न पत्राचार गरेको थियो। एक महिनाअघि पठाएको पत्र कार्यान्वयनमा नआएपछि मन्त्री आफैं सडकमा उत्रिएका हुन्।

सञ्चारमन्त्री बस्नेत प्राविधिक जनशक्ति सहित तार काट्न र मिलाउन निस्केका हुन्। उनको टोलीले आज बिहान माइतीघर-बबरमहल क्षेत्रका तार काट्ने र मिलाउने काम गरेको हो।

सञ्चार मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत तार व्यवस्थित गर्न गत साउन ३२ गते पत्राचार गरेको थियो। सञ्चार मन्त्रालयको पत्रलगत्तै स्थानीय विकास मन्त्रालयले भदौ १२ गते महानगर र नगरपालिकालाई पत्र पठाएको थियो।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।