प्रदेश नम्बर २ मा महासंग्राम,भोट तान्न कुन दलको कस्तो तुरुप



असोज २ गते हुने प्रदेश २ को स्थानीय निर्वाचनलाई दलहरूले राजनीतिक अस्तित्वको लडाइँका रूपमा लिएका छन् । कांग्रेस, एमाले र माओवादी मात्रै होइन, राजपाले समेत प्रदेश २ का आठ जिल्लामा सम्पूर्ण शक्ति केन्द्रित गरिरहेका छन् ।

चारवटै दलले धनुषा, महोत्तरी, सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा र रौतहटका एक सय ३६ स्थानीय तहमा जसरी पनि पहिलो बन्ने रणनीतिमा छन् । ती चारवटै दलले एक्लै लड्नेदेखि तालमेल गरेर चुनावमा होमिनेसम्मका नीति तय गरेका छन् ।

प्रदेश २ लाई कांग्रेसले आफ्नो बाहुल्य र प्रजातान्त्रिक आन्दोलनको सात दशक लामो इतिहाससँग जोडेर लिएको छ । पहिलो र दोस्रो निर्वाचनमा भएको पराजयलाई ध्यानमा राख्दै विशेष गृहकार्यका साथ चुनावी मैदानमा रहेको दाबी उसले गरेको छ ।

एमालेले कम्युनिस्टको राजनीतिक उर्वरभूमि भएकाले अघिल्ला निर्वाचनमा पाएको मतको सम्मान गर्ने गरी प्रदेश २ मा जित हासिल गर्ने दाबी गरेको छ ।

माओवादी केन्द्र संविधान निर्माणदेखि दोस्रो संशोधनसम्म मधेसका लागि खेलेको भूमिका र बढ्दो संगठन विस्तारका कारण चुनावमा पहिलो पार्टी हुनेमा विश्वस्त छ ।

राजपा नेपालले सिंहदबारको राज्यव्यवस्थाले मधेस र मधेसीलाई राज्य सञ्चालनक्रमदेखि नै गरेको अस्वीकार र संविधानमा रहेका ३६ वटा मधेसविरोधी धारा र उपधारा संशोधनका लागि भएका आन्दोलन र जनसहभागितालाई जित्ने आधार मानेको छ ।

कांग्रेस नेता पहिलो र दोस्रो निर्वाचनको क्षतिपूर्ति प्रदेश २ बाट बाट गर्ने योजनामा छन् । ‘प्रदेश २ को निर्वाचन परिणामपछि कांग्रेस मुलुककै पहिलो पार्टी बन्छ’, कांग्रेस केन्द्रीय सदस्य एवं कृषिमन्त्री रामकृष्ण यादवले भने, ‘स्थानीय स्तरको सिफारिसमा उम्मेदवार चयन गरेका छौं, घात/अन्तर्घात अन्त्य गरेका छौं ।

‘केन्द्रको नीतिअनुसार सत्तापक्ष र राजपासँग स्थानीय नेतृत्वको सुझाव र सल्लाहमा चुनावी तालमेल पनि गर्छौं ।’ उम्मेदवार चयनदेखि चुनावी कार्यक्रम र घोषणापत्रका आधारमा घरदैलोमा कांग्रेस सहभागी भइरहेको यादवले जानकारी दिए ।

केन्द्रीय सदस्य रमेश रिजालले कांग्रेस विशेष अभियानसाथ जनताबीच रहेको बताए । ‘वीरगन्ज महानगरपालिकासहित अधिकांश स्थानीय तहमा कांग्रेसपहिलो हुन्छ’, उनले भने । पहिलो र दोस्रो निर्वाचन परिणामलाई हेरेर जनताकै सुझाबमा चुनावी अभियान अघि बढाएको दाबी उनले गरे ।

एमाले पोलिट्ब्युरो सदस्य शत्रुघ्नप्रसाद महतोले सत्ताको नेतृत्व लिएको कांग्रेसबाहेक कुनै पनि पार्टीसँग स्थानीय स्तरमा चुनावी एकता गर्न केन्द्रबाट परिपत्र भइसकेको बताए ।

एक प्रश्नको उत्तरमा महतोले भने, ‘केन्द्रबाट चुनावी एकताका लागि पार्टी आएको परिपत्रको ‘क्लस्टर’मा राजपा पनि पर्छ ।’ अन्य दलसँगको तालमेल मनोनयन दर्तापछि पनि हुने उनले बताए ।

प्रदेश नं. २ का इन्चार्ज सत्यनारायण मण्डलले मधेसको समग्र परिस्थितिलाई बुझेको एमालेले सोहीअनुसार उम्मेदवार छनोटदेखि चुनावी कार्यक्रमसम्म अघि बढाएको जानकारी दिए ।

तराईको गरिबी, पछौटेपन, आन्तरिक विभेद तथा रुपान्तरणको एजेन्डासाथ मधेसी बस्तीमा आफूहरू रहेको मण्डलले बताए । यो चुनावले मधेसमा रहेको विखण्डनको चर्चालाई अन्त्य गर्ने उनको दाबी छ ।

माओवादी केन्द्रका नेता उमेशकुमार यादवले केन्द्रले स्थानीयस्तरमा चुनावी एकता गर्ने अधिकार दिएको बताए । ‘चुनावी एकता सत्तापक्षसँगै हुन्छ’, उनले भने, ‘अन्य दलसँग पनि अछुतको व्यवहार भने हुँदैन ।’ माओवादीले सम्मानजनक स्थान हासिल गर्ने दाबी उनले गरे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल स्वयं प्रदेश २ का जनताबीच रहेकाले पनि यो चुनाव माओवादीको पक्षमा आउने उनले बताए ।

राजपा अध्यक्षमण्डलका नेता महेन्द्रप्रसाद यादवले स्थानीयस्तरमा संविधान संशोधनको पक्षमा मतदान गर्ने पार्टीसँग चुनावी तालमेल हुने बताए । १३ महिने आन्दोलनक्रममा मधेस र मधेसीको अधिकारका लागि लड्ने मधेसी जनतालाई जितको आधार बनाएको यादवको भनाइ उदृत गर्दै अन्नपूर्णले लेखेको छ।

पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानको मुद्दा लिएरै जनताबीच जाने उनले बताए । राजपाका महामन्त्री मनीषकुमार सुमनले संविधानमा संशोधन पक्षधर शक्तिसँग चुनावी एकता हुने जानकारी दिए । पहिलो प्राथमिकता भने लोकतान्त्रिक मधेसी फोरम, संघीय समाजवादी फोरम नेपाललगायत मधेसी दललाई नै दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय