एमाले बिरुद्द घेराबन्दी भइरहदा बिपक्षीको सातो जाने गरी ओलीले गरे यस्तो कडा उर्दी



हाम्रो इकोनोमि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं २ मा तिनै तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

स्थानीय तहअन्तर्गत प्रदेश नं २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा आज यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एमालेले जित्नुपर्ने बताउनुभयो ।

“नेकपा (एमाले) ले प्रदेश नं २ मा बहुमत ल्याएर प्रदेश सरकार बनाउनुपर्छ,”–अध्यक्ष ओलीले भन्नुभयो ।अध्यक्ष ओलीले नेकपा (एमाले) का बारेमा प्रदेश नं २ मा झुट फैलाएको भन्दै त्यसलाई सामना गरेर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले एमालेसँग अरु दल एक्लै निर्वाचन लड्ने क्षमता नभएका कारण मोर्चाबन्दी गरेको आरोप समेत लगाउनुभयो ।नेकपा (एमाले) का नेता माधवकुमार नेपालले एमाले मधेसी समुदायको शत्रु नभई मित्र भएकाले आगामी निर्वाचन एमालेले जित्ने दाबी गर्नुभयो । उहाँले पार्टीले टिकट दिएको आधिकारिक उम्मेद्वारलाई निर्वाचन जिताउन सबै लाग्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले तिनै तहको निर्वाचनमा एमालेलाई जिताउनसके मात्र मुलुक विकासको बाटोमा अगाडि बढ्न सक्ने दाबी गर्नुभयो ।

महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि खटिने पार्टीका नेता तथा कार्यकर्ताले विस्तृत कार्ययोजना बनाएर निर्वाचन क्षेत्रमा खटिन आग्रह गर्नुभयो ।

निर्वाचनको प्रचारप्रसारमा कति व्यक्ति जाने, कुन कुन जिल्लामा जाने, कुन साधनमा जाने भन्नेबारे पार्टीलाई योजना बुझाएर मात्र जानुहोला”–महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले विपक्षी दलले एमाले संविधान कार्यान्वयनको विरोधी भनेर लगाएको आरोपको खण्डन गर्दै जनताको आवश्यकतालाई हेरेर संविधान कार्यान्वयनमा सहयोग गर्ने बताउनुभयो ।

पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मालगायतले आफ्नो मतलाई सुरक्षित गर्दै अरु दलका कार्यकर्तालाई आफ्नो विचारले आकर्षण गरेर पार्टीलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।एमाले काठमाडौँ–प्रदेश नं २ सम्पर्क मञ्चले निर्वाचनलाई लक्षित गरी मूल्याङ्कन, आर्थिक, यातायात र प्रचारप्रसार उपसमितिसमेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...