आचारसंहिता संकटकालको शैलीमा आयोः मन्त्री बलायर



हाम्रो इकोनोमि

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले निर्वाचन सम्बन्धी आचारसंहिता संकटकालको शैलीमा ल्याइएको विचार व्यक्त गर्नु भएको छ ।
नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ‘निर्वाचन आयोगले सरकारसँग कुनै समन्वय नै नगरी संकटकालको शैलीमा आचारसंहिता ल्याएकोमा सरकार अचम्मित छ,’ भन्नुभयो ।
तेस्रोचरणको स्थानीय तह निर्वाचनको आचारसंहिता कायम रहेकै बेला आएको यो आचारसंहितालाई ‘आचारसंहितामाथि आचारसंहिता ल्याइएको’ उहाँको टिप्पणी थियो ।

मंसिर १० गते हुने निर्वाचनका लागि अहिल्यै आचारसंहिता आवश्यक नरहेको उहाँको भनाइ थियो । ‘यो वर्ष निर्वाचन नै निर्वाचनको वर्ष हो ’। निर्वाचनलाई हेरेर विकासलाई पूर्ण अवरुद्ध पार्न मिल्दैन्,’ मन्त्री बलायरले भन्नुभयो, “यो अवस्थाले त वर्ष नै आचारसंहितामा जाने भो । त्यसैले आचारसंहिता मिलाएर छलफलका आधारमा लगाइनुपर्ने हो ।”

मन्त्री बलायरले प्रदेश नम्बर– ७ को भूमि हुँदै छिट्टै भारत–चीन जोडिने बताउनुभयो । ‘भारतको गौरिफण्टा हँुदै चीनको ताक्लाकोट नाकासम्म जोड्ने सडकका लागि सरकारले तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...