ओलीले मुखले मात्र कुदाए रेल,२ नम्बर प्रदेश कब्जा गर्न प्रचण्ड यसरी गर्दैछन झेल र तालमेल



हाम्रो इकोनोमि

असोज २ गते हुने २ नम्बर प्रदेशको निर्वाचनमा माओबादीले तालमेल र झेल गरेर भए पनि आफ्नो पक्षमा नतिजा पार्ने जुक्ति लगाउने भएको छ। ओलीले मुखले रेल कुदाएको कुरा मात्र नगरी आफुहरुले साच्चिकै रेल कुदाउने र त्यसका लागी जित्न झेल र जोसुकै संग तालमेल गर्ने बताएका हुन्।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनको लागि पार्टीले जोसँग पनि तालमेल गर्न सक्ने भन्दै चुनावी तालमेलको लागि पार्टी खुल्ला रहेको प्रस्ताव गरेका छन् ।
प्रदेश नम्बर दुईको चुनावमा आफ्नो पार्टीलाई पहिलो बनाउने उद्देश्यसहित सचिवालय बैठक वीरगञ्जमा आज बसेको छ । उक्त बैठकमा अध्यक्ष प्रचण्डले दुई नम्बर प्रदेशमा पार्टीलाई जसरीपनि पहिलो बनाउने योजना रहेको भन्दै वस्तुस्थिति हेरेर जोसँगपनि तालमेल गर्ने प्रस्ताव राखेका छन् ।

उनको प्रस्तावमा सकेसम्म पहिलो प्राथमिकतामा कांग्रेससँग चुनावी गठबन्धन नै गरेर अघि बढ्ने रहेको छ । उनले बैठकमा कांग्रेससँग यसअघिका दुई चरणको निर्वाचनमा गरेको तालमेलले पार्टीलाई राम्रो स्थानमा ल्याएको बताएका थिए । त्यसैले यो पटकको निर्वाचनमा पनि कांग्रेससँगै गठबन्धन गरेर अघि बढ्नुपर्ने अन्य सचिवालय नेताहरुको पनि धारणा राखेको स्रोतले जनायो ।

कांग्रेससँग तालमेल गरेर जानुपर्छ भन्नेमा नेताहरु क्रमशः कृष्णबहादुर महरा, जनार्दन शर्मा र वर्षमान पुन लगायत छन् । तर अर्को खेमाले भने वामपन्थीहरुवीच तालमेल गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । एमालेसँग तालमेल गरेर अघि बढ्नुपर्छ भन्नेमा नेताहरु क्रमशः नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, रामबहादुर थापा र शक्ति बस्नेत रहेका छन् ।

माओवादीले मधेसलाई निकै प्राथमिकता दिएको छ । हिजोमात्रै माओवादी केन्द्रका नेता दिनानाथ शर्माले मधेशको सबैभन्दा शक्तिशाली मित्र भनेको नै आफ्नो पार्टी रहेको दाबी गरेका थिए । उसो त पार्टी अध्यक्ष प्रचण्डसमेत यतिवेला मधेशमा डेरा जमाएर बसेका छन् ।

त्यस्तै बैठकले दुई नम्बर प्रदेशको निर्वाचनमा सहभागि हुने उम्मेदवारहरुको टुंगो लगाउने बताईएको छ । अधिकांश काठमार्डौमा रहेका नेताहरु यही बैठकका लागि वीरगन्ज पुगेका हुन् । त्यस्तै बैठकले कांग्रेस र एमालेबाहेक संघीय समाजवादी फोरम नेपाल, राजपा, विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँग पनि चुनावी तालमेल गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...