यसरी बागमती सफाई गरे जहाजका परिले



वाग्मती सरसफाइको २२५औँ हप्ताको कार्यक्रम आज सम्पन भएको छ ।
सिनामंगलस्थित वाग्मती पुलसँगै नदीका आसपासका पाँच टन फोहर संकलन गरिएको थियो । कार्यक्रममा वाग्मती सभ्यता अभियानकर्मी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै विभिन्न संघसंस्थाको सहभागिता थियो ।

सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेज, २०१७ मा सहभागी ४० प्रतियोगी पनि सहभागी भई वाग्मती सफाइमा सहयोग गरेका थिए । विमान परिचारिकाहरुलाई सामाजिक कर्तव्य र उत्तरदायित्वका बारेमा जानकारी हासिल होस् भन्ने उद्देश्यले तिनलाई कार्यक्रममा सहभागी गराइएको हो । आगामी असोज २ गते मिस एयर होस्टेज, २०१७ को अन्तिम प्रतियोगिता हुनेछ ।

विभिन्न तालीम सेन्टरमा एयरहोस्टेजसम्बन्धी तालीम लिइरहेका र लिइसकेका युवतीलाई ध्यानमा राखी उनीहरुको विमान परिचारिका बन्ने सपना पूरा गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको कार्यक्रम सञ्चालक प्रदीपराज वन्तले बताए । यो मिस एयरहोस्टेजको चौथो संस्करण हो ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।