एमालेले दुई नम्बर प्रदेशका उम्मेदवारको भोली टुंगो लगाउने



हाम्रो इकोनोमि

नेकपा एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उठ्ने उम्मेदवारबारे शनिबार निर्णय गर्ने भएको छ।
उम्मेदवारबारे निर्णय गर्न शनिबार स्थायी समिति बैठक बोलाइएको सचिव योगेश भट्टराईले जानकारी दिए। दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमध्ये ११६ वटा नगरपालिका र गाउँपालिकाका उम्मेदवारबारे प्रदेश कमिटीले निर्णय गरेको छ।

बाँकी २० वटा स्थानीय तहको नेतृत्वमा उठ्ने उम्मेदवारको नाम शनिबार बस्ने स्थायी समिति बैठकले निर्णय गर्ने छ। प्रदेश कमिटीका सहसंयोजक नागेन्द्र चौधरीका अनुसार स्थायी कमिटीले निर्णय गरेपछि १३६ वटै स्थानीय तहका उम्मेदवाको सूची एकसाथ सार्वजनिक गर्ने तयारी भएको छ।

एमालेमा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र नगरपालिका प्रमुख/उपप्रमुखको उम्मेदवारबारे प्रदेश कमिटीले निर्णय गर्ने, महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखबारे स्थायी समितिले निर्णय गर्नेछ।

दुई नम्बर प्रदेशमा रहेको एकमात्र महानगरपालिका वीरगञ्जमा एमालेका तर्फबाट बसरूद्धीन अन्सारी उठ्ने निश्चित छ। स्थायी समिति बैठकले उनको नाममा औपचरिक निर्णय गर्न मात्र बाँकी रहेको चौधरीले बताए। यो प्रदेशमा रहेका तीन उपमहानगरपालिकाका उम्मेदवारको टुंगो पनि स्थायी समितिले लगाउने छ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...