स्वतन्त्र सांसद राजपा नेपालमा प्रवेश



हाम्रो इकोनोमि

महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष चुनाव जितेका स्वतन्त्र सांसद चन्देश्वर झा राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । उनले तत्कालिन सद्भावना पार्टीकी नेतृ सुरिता साहलाई तीन हजार ६२ मतले हराएका थिए ।
स्थानीय तह चुनावको चहल पहल बढी रहेको यस अवस्थामा झा शुक्रबार राजपा नेपालको बबरमहलस्थित पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी प्रवेश गरेका हुन् ।

उनी काँग्रेसमा जाने हल्ला थियो तर चुनावमा राजपा नेपालको माहोल राम्रोदेखिपछि उनी सो दलमा प्रवेश गरेका हुन् । झालाई राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले टीका लगाइदिएर स्वागत गरेका थिए ।झा प्रवेश गरेसँगै राजपा नेपालको व्यवस्थापिका संसद २५ जना सांसदको प्रतिनिधित्व हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...