लमजुङमा अलैँची टिप्न शुरु



हाम्रो इकोनोमि

जिल्लाका लेकाली क्षेत्रका किसान अलैँंची टिप्न थालेका छन् ।

सातसय मिटरदेखि १२ सय मिटर उचाइसम्ममा लगाइएको अलैँची टिप्न शुरु गरिएको अलँैची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो ।

उचाइ अनुसार फरक÷फरक समयमा अलँैची पाक्ने हुँदा सो भन्दामाथि लगाइएको अलँैची असोज लागेपछि मात्रै टिप्न शुरु गरिने उहाँले बताउनुभयो । अलँैची पाकेपछि किसान टिप्न, छोडाउन र सुकाउन व्यस्त रहेका भूलभूलेका कमलबहादुर खत्रीले बताउनुभयो । दिनभरी टिप्ने, राति छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा किसानलाई अहिले फुर्सद नभएको खत्री बताउनुहुन्छ ।

भूलभूलेसहित बाँझाखेत, घनपोखरा, खुदी, गाँंैडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायतका गाउँ पाखामा व्यावसायिक अलँैचीखेती गरिएको छ । पछिल्लो समय कृषकले अलँैची उत्पादन हुने क्षेत्रलाई समेटेर अलँैची जोन कार्यक्षेत्र प्रस्ताव गरेका छन् । प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना कार्यान्वयनको लागि अलँैची जोन कार्यक्षेत्र प्रस्ताव गरीएको हो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...