लमजुङमा अलैँची टिप्न शुरु



हाम्रो इकोनोमि

जिल्लाका लेकाली क्षेत्रका किसान अलैँंची टिप्न थालेका छन् ।

सातसय मिटरदेखि १२ सय मिटर उचाइसम्ममा लगाइएको अलैँची टिप्न शुरु गरिएको अलँैची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो ।

उचाइ अनुसार फरक÷फरक समयमा अलँैची पाक्ने हुँदा सो भन्दामाथि लगाइएको अलँैची असोज लागेपछि मात्रै टिप्न शुरु गरिने उहाँले बताउनुभयो । अलँैची पाकेपछि किसान टिप्न, छोडाउन र सुकाउन व्यस्त रहेका भूलभूलेका कमलबहादुर खत्रीले बताउनुभयो । दिनभरी टिप्ने, राति छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा किसानलाई अहिले फुर्सद नभएको खत्री बताउनुहुन्छ ।

भूलभूलेसहित बाँझाखेत, घनपोखरा, खुदी, गाँंैडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायतका गाउँ पाखामा व्यावसायिक अलँैचीखेती गरिएको छ । पछिल्लो समय कृषकले अलँैची उत्पादन हुने क्षेत्रलाई समेटेर अलँैची जोन कार्यक्षेत्र प्रस्ताव गरेका छन् । प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना कार्यान्वयनको लागि अलँैची जोन कार्यक्षेत्र प्रस्ताव गरीएको हो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...