कांग्रेसको योजना तुहियो,भ्रष्टाचारीलाई चुनाब लड्न दिनुपर्ने संशोधन स्वीकृत भएन



भ्रष्टाचारको दोषी व्यक्तिले कैद सजाय भुक्तान गरेको मितिले तीन वर्षपछि निर्वाचनमा भाग लिन पाउने गरी प्रतिनिधि सभा निर्वाचनसम्बन्धि विधेयकमा गराउन खोजिएको विधेयक अस्वीकृत भएको छ । व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिको जारी बैठकमा संशोधनलाई अस्वीकृत गरी विधेयक पारित गराउने सहमति भएको समिति स्रोतले जनाएको छ ।

कांग्रेसका केही सांसदहरुले विधेयकमा भएको भ्रष्टाचारीले कैद भुक्तान गरेपछि ६ वर्षसम्म चुनाव लड्न नपाउने व्यवस्थालाई घटाएर तीन वर्ष बनाउन मा गर्दै संशोधन हालेका थिए । तर, चौतर्फी विरोध आएपछि यो व्यवस्थालाई अस्वीकृत गरेर अगाडि बढ्ने सहमति गरिएको हो । राज्यव्यवस्था समितिका सदस्य आनन्द प्रसाद ढुंगानासहित १९ जनाले भ्रष्टाचार आरोपमा कैद सजाय भोगेको तीन वर्षपछि निर्वाचनमा भाग लिन पाइने व्यवस्था राख्नुपर्ने भन्दै दुई वटै विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

विधेयक भने आजै पारित हुने कांग्रेसका सांसद पूर्णबहादुर खड्काले जनाएका छन् । समितिबाट विधेयक आज पारित भएर व्यवस्थापिका संसदमा पठाइने र सोमबारको व्यवस्थापिका संसदको बैठकले विधेयकलाई कानुनको रुप दिने खड्काले बताए । निर्वाचनको मिति घोषणा भइसकेको र निर्वाचन कानुनको अभावमा निर्वाचन आयोगको काम रोकिएपछि विधेयक छिट्टै पारित गर्नुपरेको जनाइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार  ०९ : २५  बजे

प्रतिक्रिया दिनुहोस
वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम