प्रचण्डले माधब नेपालको आगनमा ग्याँस सिलिण्डर बाँडे,नेपालले प्रचण्डको जिल्ला पुगेर के-के भाँडे?



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले रौतहटमा छन् । रौतहट एमाले वरिष्ठ नेता माधव कुमार नेपालको गृहजिल्ला हो । यहाँ प्रचण्डले बाढी पीडितलाई राहत वितरिणका साथै उनीहरुका समस्याबारे जानकारी लिइरहेका छन् ।

बिहीबार बाढी पीडित क्षेत्रको अवलोकन र राहत बितरणपछि प्रचण्डले पीडितका समस्या सम्बोधन गर्न गम्भीरतापूर्वक लाग्ने बताए ।

प्रचण्डले बिहीबार रौतहट गडर्वामा बाढीबाट भएको क्षतिको अवलोकन गरेका थिए । अवलोकनपछि उद्योग वाणिज्य संघ गौरले आयोजना गरेको कार्यक्रममा प्रचण्डले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने बताएका थिए ।

प्रचण्डले रौतहटकै गरुडामा एक हजार बाढी पीडित परिवारलाई ग्याँस सिलिण्डर, चुल्हो, खाद्यान्नलगायतका राहत सामग्री बितरण गरेका दाहालको निजी सचिवालयले जनाएको छ । राहत वितरण कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहको पनि उपस्थितिमा रहेको थियो ।

यता माधव नेपाल भने आफ्ना जिल्लाका बाढी पीडितलाई राहत बाड्नुको साटो चुनावी प्रचार प्रसारमा खटिएका छन् । संयोगले उनी आज प्रचण्डको गृहजिल्ला चितवनको भरतपुरमा छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...