प्रचण्डले १ लाख जरिवाना तिर्नु पर्ने काम गर्दा पनि किन चुप छ निर्वाचन आयोग?



हाम्रो इकोनोमि

कांग्रेस, एमाले, राजपालगायतका दल उम्मेदवार छनोटमा अल्झिरहेका बेला माओवादी केन्द्रका शीर्ष नेताहरू भने तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट जिल्लामा बाढीपीडितका नाममा राहत वितरण गरिरहेका छन् । प्रचण्ड त्यसका लागी केहि दिन देखी तराईमै डेरा जमाएर बसेका छन।निर्वाचन आचार संहिता लागिसकेपछि मतदाता प्रभावित पार्न राहत वितरण, आयोजना शिलान्यासलगायतका कार्यक्रम गर्न पाइँदैन । तर निर्वाचन आयोगले त्यो नदेखे झैँ गरिरहेको छ।

तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहरी विकास मन्त्री प्रभु साहमार्फत सरकारी राहत वितरण गरेका छन् । प्रचण्डले बिहीबार रौतहटको गरुडामा एक हजार बाढी पीडित परिवारलाई ग्याँस सिलिन्डर, चुल्हो, खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका थिए । सहरी विकासमन्त्री साहले पनि राहत वितरण गरेका थिए ।

सरकारका मन्त्रीलाई पनि निर्वाचन आचार संहिता लागू हुन्छ । मतदातालाई आकर्षित गर्न सक्ने भन्दै आयोगले आचार संहिता लागू गरेको हो । तर, माओवादी केन्द्रले सत्ताको फाइदा उठाउँदै सरकारी राहत वितरण गरिरहेको छ ।माओवादीले जुन जुन जिल्लामा आफ्नो संगठन कमजोर छ, ती स्थानमा बाढीपीडितका नाममा राहत वितरण गरिरहेको छ । आयोगले उम्मेदवारले निर्वाचन आचार संहिता उल्लङ्घन गरे उम्मेद्वारी रद्द गर्ने र अन्य लाई १ लाख सम्म जरिवाना गराऊन सक्छ। यो लागु हुने हो भने प्रचण्डले १ लाख जरिवाना तिर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...