पर्व सुधारका लागि गोरखामा दशैँ



हाम्रो इकोनोमि

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी मनाएका छन् ।

विद्यालय तथा गाउँमा सामूहिक रुपमा टीका, जमरा लगाएर विजयादशमी मनाइएको हो । यहाँका खासगरी व्राम्हण, नेवार तथा अन्य जातिहरुले पनि २०६९ सालदेखि नियमित बर्षेनी दशैँ आउनुभन्दा करिब एक महिना पहिला नै दशैँको टीका लगाउँदै आएका छन् ।

विभिन्न कारणले तिथिहरु एक महिना अघि सरेको भन्दै पर्व सुधार गर्न भनी यहाँ अभियान चल्दै आएको छ । छोप्राकको सर्वोदय निमावि, जनज्योति निमावि, धर्मावती मावि, मण्डली मावि, भद्रशीला प्रावि, चित्रेपोखरी मावि, गाँखुको नाम्रुकदेवी निमावि, सदरमुकामको बालमन्दिर माविका विद्यार्थी, शिक्षक र अभिभावक सामूहिक रुपमा टीका, जमरा लगाएर हर्षोल्लासका साथ विजयादशमी मनाइएको सर्वोदय निमाविका प्रधानाध्यापक कालिकाप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

सर्वोदयका संस्थापक प्रधानाध्यापक ऋषि पोखरेलले शिक्षक, विद्यार्थी र अभिभावकलाई टीका, जमरा लगाइदिनुभयो । शिक्षक भरतराज पोखरेलले दशैँ आउनु एक महिनाअघि नै दशैँ मनाउनुपर्नाका कारणबारे विद्यार्थीलाई जानकारी दिनुभयो । दशैँको टीका लगाएपछि शिक्षक, विद्यार्थी, अभिभावक तथा गाउँलेले सामूहिक रुपमा भोज खाएका छन् । कुखुराको मासु र चिउरा तथा मिठाई वितरण गरिएको थियो ।

प्रअ पोखरेलका अनुसार बिहीबार छोप्राकका अधिकांश विद्यालयमा पठनपाठन भएन । विजयादशमी मनाउने काम सकिएपछि विद्यार्थीलाई छुट्टी दिइएको थियो । यस्तै, छोप्राक मैदानको नेवार गुठीका ६५ घरधुरी, फौदरगाउँ, मरहट्टा गाउँ, उदिनढुङ्गा, गाँखु गाउँलगायत गाउँका बासिन्दाले पनि सामूहिक रुपमा टीका, जमरा लगाएर विजयादशमी मनाएको पोखरेलको भनाइ छ ।

उनीहरुले भदौ ६ गते घटस्थापना भन्दै सामूहिक रुपमा जमरा राखेका थिए । पर्व सुधार अभियानलाई छोप्राकका इञ्जिनियर हरिनारायण मल्लले सहयोग गर्दै आएका छन् । टीका, जमरा राख्नदेखि भोजभतेर गर्न अर्थ सहयोग आउने गरेको छ ।

हिन्दू धर्मावलम्बीले मान्ने दशैँ आउन ठीक एक महिना बाँकी छ । त्यो दशैँ पनि उनीहरुले मनाउँछन् । पर्व सुधार भएको दबाब दिन बर्षेनी टीका, जमरा लगाएरै दशैँ मनाउने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...