३४ जनालाई फेसबुकमार्फत मुर्गा बनाएर ४३ लाख ठग्ने युवती प्रहरी खोरमा



हाम्रो इकोनोमि

विदेशी कुख्यात गिरोहसँग मिली दर्जनौँ नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छन् । सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ वर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

शेर्पालगायत व्यक्तिले विदेशबाट महँगो पार्सल पठाएको भन्दै फोन गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिने भन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर ठगी गर्दै आएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।

हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरीले जनाएको छ । शेर्पा एक सहकारीमा काम गर्थिन् । उनले पार्सलका लागि भनेर विभिन्न व्यक्तिले पठाएका पैसा लिएर विदेश पठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सो घटनामा धेरैजसो महिला पीडित भएका छन् । फेसबुकमा विदेशी नाममा फ्रेन्ड रिक्वेस्ट पठाउने र चिनजान गरी सम्बन्ध विस्तार गरी उनीहरूले ठगी गर्दै आएका थिए । आफू धनी व्यक्ति भएको भ्रममा पारी गिफ्ट पठाइदिने लोभमा फसाएर ठगी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...