३४ जनालाई फेसबुकमार्फत मुर्गा बनाएर ४३ लाख ठग्ने युवती प्रहरी खोरमा



हाम्रो इकोनोमि

विदेशी कुख्यात गिरोहसँग मिली दर्जनौँ नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छन् । सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ वर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

शेर्पालगायत व्यक्तिले विदेशबाट महँगो पार्सल पठाएको भन्दै फोन गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिने भन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर ठगी गर्दै आएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।

हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरीले जनाएको छ । शेर्पा एक सहकारीमा काम गर्थिन् । उनले पार्सलका लागि भनेर विभिन्न व्यक्तिले पठाएका पैसा लिएर विदेश पठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सो घटनामा धेरैजसो महिला पीडित भएका छन् । फेसबुकमा विदेशी नाममा फ्रेन्ड रिक्वेस्ट पठाउने र चिनजान गरी सम्बन्ध विस्तार गरी उनीहरूले ठगी गर्दै आएका थिए । आफू धनी व्यक्ति भएको भ्रममा पारी गिफ्ट पठाइदिने लोभमा फसाएर ठगी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...