पहिरो र रूख हटाई यातायात सञ्चालन



हाम्रो इकोनोमि

त्रिभुवन राजपथको लामिडाँडामा आज बिहान ७ः३० बजे पहिरोसहित ठूलो रूख ढल्नाले बाटो अवरुद्ध हुँदा तत्कालै सिमभञ्ज्याङबाट आएको डोजरले पहिरो र रूख हटाई आज बिहान ८ बजेदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो पहिरो हटाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिमभञ्ज्याङमा रहेका प्राविधिक र डोजर त्यसतर्फ पठाई तत्काल यातायात सञ्चालनमा ल्याउन सक्रिय रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभएको छ ।

यसैगरी, चितवनको मुग्लिन सडक दुवैतर्फ अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आएका सवारीसाधन अहिले नियमित हेटौँडा हुँदै त्रिभुवन राजपथबाट काठमाडौँतर्फ आवतजावत गर्ने गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...