कांग्रेसले उपसभापतिमा निधी र महामन्त्रीमा कार्कीलाई नियूक्त गर्ने



हाम्रो इकोनोमि

लामो समयपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी नियूक्त प्रक्रियालाई अघि बढाएका छन ।

पार्टी्भित्र रहेको विभिन्न समूहले पदाधिकारीहरुमा आ आफ्नो दावी गर्दै आएको कारण देउवाले सबैको चित्त बुझाएर पार्टीलाई पूर्णता दिन सकेका थिएनन

उपसभापतिमा खुमबहादुर खड्कासहित कोइराला समूहको पनि दावी रहँदै आएको थियो तर पछिल्लो समयमा आएर देउवाले उपसभापति र महामन्त्री कसैलाई पनि नदिने स्पष्ट पार्दै आफू निकटकालाई नियूक्तीको तयारी गरेका हुन ।

यस विषयमा देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेललाई दुबई भ्रमण अघि नै जानकारी गराईसकेका छन । तर सहमहामन्त्री भने उनले पौडेल समूहलाई दिन सकिने बताएको स्रोतले जानकारी दिएको छ ।

देउवाले उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र सहमहामन्त्रीमा महेश आचार्य र रामशरण महत मध्ये एकलाई नियूक्त गर्ने गरी तयारी गरेका छन ।

आगामि मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने तय भएकोले पदाधिकारी नियूक्त गरेर देउवा संसदीय समिति गठनको तयारीमा छन । पदाधिकारी पूर्ण भएपछि मात्रै संसदीय समिति गठन गर्न सकिन्छ । कांग्रेसमा उम्मेदवारहरुको टिकट वितरण संसदीय समितिले गर्ने ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...