१५ केजी सुन तस्करी गर्ने यी हुन् सात भाइ,७ केजी सुन कस्ले पार्यो गायब



नेपाल प्रहरीले राजधानीबाट फेरि ठूलो परीमाणको सुनसहित सात जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको टोखाबाट १४ र जनकपुरबाट एक किलोग्राम सुनसहित सात जनालाई पक्राउ गरेको हो।

२२ किलो सुन तस्करी भइरहेको सूचना आएपनि प्रहरी भने १५ किलो मात्र सुन बरामद गर्न सफल भएको छ। चीनबाट रसुवा हुँदै काठमाडौं भित्र्याउने क्रममा सुन बरामद गरिएको ब्यूरोका डीआईजी पुस्कर कार्कीले जानकारी दिए। सात केजी सुन भने बेपत्ता छ।

त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको करिब ३४ किलो सुन पक्राउ भएको करिब ६ महिनापछि ब्युरोले यतिका धेरै परिमाणको सुन बरामद गरेको हो। पक्राउ पर्नेमा पेम्बा दोर्जे शेर्पा, दीपेन्द्र थापा, सरोज थापा, विष्णु गौतम, राजेन्द्र खत्री, रविन खत्री र दीपककुमार शाह रहेका छन्।

प्रहरीले पक्राउ परेका सबैलाई आज नै संगठित अपराध सञ्जाल अन्तर्गत मुद्दा दायर गरेर अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम