५२ सालको आफ्नै रेकर्ड तोड्दै देउवाले फेरी क्याबिनेट विस्तार गर्दै,५६ जना मन्त्री बन्दा को-को नयाँ थपिदै छन्



५० सदस्यीय मन्त्रिपरिषद् रहेको देउवा सरकारले राप्रपा प्रजातान्त्रिकका ६ जना मन्त्रि थप्दै पुनः मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यो संगै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार इतिहासकै सबैभन्दा जम्बो बन्ने भएको छ ।

देउवाले २०५२ सालमा आफ्नै नेतृत्वको सरकारको ५२ सदस्यि मन्त्रिपरिषद्को रेडर्क तोड्दै ५६ सदस्यिय मन्त्रिपरिषद् बनाउन लागेका हुन् । सत्ता साझेदार दलसंग छलफल गरेर सम्भवत शुक्रबार राप्रपा प्रजातान्त्रिकका ४ मन्त्रि र २ राज्यमन्त्रीलाई सपथ खुवाउने प्रधानमन्त्री देउवाको तयारी छ ।

प्रजातान्त्रिकले मन्त्री बन्नेको नाम टुंगो लगाएपनि आफ्नो भागमा परेको मन्त्रालय हेरफेरबारे सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्ने भएको छ ।

गणतन्त्र स्थापनापछिको सवै भन्दा ठूलो मन्त्रीमण्डल गठन गर्दा समेत राप्रपालाई सरकारमा सहभागी गराउने भन्दै प्रधानमन्त्री देउवाले चार मन्त्रालय आफैले सम्हाल्दै आएका छन् ।

वन, उद्योग, शान्ति तथा पुनर्निर्माण र महिला बालवालिका तथा समाज कल्याण मन्त्रालयबारे राप्रपा प्रजातान्त्रिकले पुनर्विचार गर्न आग्रह गरेपछि सत्ता साझेदार दलसँग छलफल गरेर मात्र सरकारमा सहभागी हुने तयारी गरेको हो ।

चुनावी प्रचार प्रसारका क्रममा दुई नम्बर प्रदेशमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं फर्कएसंगै शुक्रबार साँझसम्ममा राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए ।

राप्रपा प्रजातान्त्रिकले सुनिलकुमार थापा, दिपक बोहोरा, बिक्रम पाण्डे र रामकुमार सुब्बालाई पनि मन्त्री बनाउने निर्णय गरेको छ । थप दुई राज्यमन्त्री बनाउने निर्णय भएपनि नाम भने तय भइनसकेको राप्रपा प्रजातान्त्रिकले जनाएको छ ।

सरकारमा सहभागी हुने नहुने बिषयमा मतभेद भएपछि कमल थापा नेतृत्वको राप्रपाबाट अलग भएको राप्रपा प्रजातान्त्रिकले हालैमात्र निर्वाचन आयोगबाट दलको मान्यता पाएको हो । राप्रपा प्रजातान्त्रिकले आफुसँग १८ सांसद रहेको दावी गर्दै आएको छ ।

यसअघि गत भदौ ७ गते देउवाले १५ राज्यमन्त्री थपेका थिए । अहिले मन्त्रिपरिषद्मा २६ मन्त्री र २३ राज्यमन्त्री छन् । कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिकबाट एक–एकजना उपप्रधानसहित मन्त्री बनेका छन् ।

रेकर्ड देउवाकै नाममा ०५२ सालमा ५२ मन्त्री

यसअघि ०५२ मा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५२ सदस्यीय थियो । २२ वर्षपछि आफ्नै नेतृत्वमा सरकार गठन गर्दा देउवा पुरानो रेकर्ड ताेड्न लागेका हुन् ।

०६२/६३ को दोस्रो जनआन्दोलनपछि र गणतन्त्र आएपछि बनेका सरकारमध्ये अहिलेको ५० सदस्यीय मन्त्रिपरिषद् सबैभन्दा ठूलो आकारको बनिसकेकाे छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् ४९ सदस्यीय र माधव नेपाल प्रधानमन्त्री हुँदा ४८ सदस्यीय थियो । यी सबैलाई पछार्दै देउवाले इतिहास रच्ने भएका हुन्।

प्रकाशित मिति : १५ भाद्र २०७४, बिहिबार  १० : १५  बजे

प्रतिक्रिया दिनुहोस
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री