उद्योगधन्दामा विद्युत् महसुल बढ्दैन : ऊर्जामन्त्री शाही



हाम्रो इकोनोमि

सरकारले तत्काल उद्योगधन्दामा विद्युत्को महसुल नबढाउने भएको छ ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युत्को महसुल नबढाउने र उद्योगी व्यवसायीलाई कुनै अप्ठ्यारो नपारिने बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको भेटमा ऊर्जामन्त्री शाहीले भन्नुभयो, ‘विद्युत् महसुल वृद्धि गर्ने निर्णय तत्काल कार्यान्वयन हुँदैन । उद्योगी व्यवसायी ढुक्क भए हुन्छ ।”

उहाँले उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि विद्युत् उत्पादनमा तीव्रता दिनुपर्ने र त्यसमा निजी क्षेत्रले लगानीमा बढवा दिनुपर्ने र सरकारको कामकारबाहीलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग परिसङ्घका पदाधिकारीले औद्योगिक क्षेत्रमा विद्युत्को महसुल बढाइए उद्योगधन्दा धरासयी हुने भएकाले यो निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल निर्धारण आयोगमा पठाएको प्रस्तावमा औद्योगिक क्षेत्रमा ६६ प्रतिशतसम्म विद्युत् महसुल वृद्धि गर्ने प्रस्ताव गरेको छ ।
महसुल वृद्धि गरिए यो अहिलेसम्मकै अप्रिय निर्णय हुने उद्योगी व्यवसायीको भनाइ छ । उनीहरुले औद्योगिक क्षेत्रमा डेडिकेटेड पावर फिडर आवश्यक भएको पनि मन्त्री शाहीलाई जानकारी गराएका थिए ।

भेटमा सहभागी उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले सरकारको उज्यालो नेपालको अभियानले उद्योगी व्यवसायीलाई खुशी तुल्याएको र विद्युत्को क्षेत्रमा लगानीका लागि आफूहरुसमेत तयार रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...