उद्योगधन्दामा विद्युत् महसुल बढ्दैन : ऊर्जामन्त्री शाही



हाम्रो इकोनोमि

सरकारले तत्काल उद्योगधन्दामा विद्युत्को महसुल नबढाउने भएको छ ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युत्को महसुल नबढाउने र उद्योगी व्यवसायीलाई कुनै अप्ठ्यारो नपारिने बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको भेटमा ऊर्जामन्त्री शाहीले भन्नुभयो, ‘विद्युत् महसुल वृद्धि गर्ने निर्णय तत्काल कार्यान्वयन हुँदैन । उद्योगी व्यवसायी ढुक्क भए हुन्छ ।”

उहाँले उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि विद्युत् उत्पादनमा तीव्रता दिनुपर्ने र त्यसमा निजी क्षेत्रले लगानीमा बढवा दिनुपर्ने र सरकारको कामकारबाहीलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग परिसङ्घका पदाधिकारीले औद्योगिक क्षेत्रमा विद्युत्को महसुल बढाइए उद्योगधन्दा धरासयी हुने भएकाले यो निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल निर्धारण आयोगमा पठाएको प्रस्तावमा औद्योगिक क्षेत्रमा ६६ प्रतिशतसम्म विद्युत् महसुल वृद्धि गर्ने प्रस्ताव गरेको छ ।
महसुल वृद्धि गरिए यो अहिलेसम्मकै अप्रिय निर्णय हुने उद्योगी व्यवसायीको भनाइ छ । उनीहरुले औद्योगिक क्षेत्रमा डेडिकेटेड पावर फिडर आवश्यक भएको पनि मन्त्री शाहीलाई जानकारी गराएका थिए ।

भेटमा सहभागी उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले सरकारको उज्यालो नेपालको अभियानले उद्योगी व्यवसायीलाई खुशी तुल्याएको र विद्युत्को क्षेत्रमा लगानीका लागि आफूहरुसमेत तयार रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...

कुलमानलाई बोलायो संसदीय समितिले

     ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास...

तत्काल निगमको डिपो स्थानान्तरण गर्न स्थानीयबासीको माग

    घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको...