निर्वाचन आचारसंहिता आजबाट लागू,उल्लघंन गरे मनोनयन रद्द सहित एक लाख जरिवाना



हाम्रो इकोनोमि

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । जारी आचारसंहिता आजदेखि लागू भएको छ । आचारसंहिता लागूपछि निर्वाचन प्रभावित गर्ने कुनै पनि काम गर्न पाइने छैन ।

आचारसंहिता उल्लङ्घनमा आयोगले एक लाख रुपैयासम्म जरिवाना र उम्मेदवारी रद्द समेत गर्न सक्नेछ ।
आयोगले निर्वाचन आचारसंहिता जारी गरेपछि सरकारले कुनै पनि कर्मचारीको सुरुवा, बढुवा तथा पदस्थापन समेतका काम गर्न पाउदैन । तर, निर्वाचन आयोगले आचारसंहिता प्रभावित नहुने ठहर गरी अनुमति दिएको अवस्थामा भने सरकारले आवश्यक निर्णय लिन सक्नेछ ।

आयोगले जारी गरेको आचारसंहिता सरकार, सरकारका मन्त्री, स्थानीय र कर्मचारी, सार्वजनिक संस्था तथा कर्मचारीलाई लागू हुनेछ । यस्तै, सरकारी तथा अर्धसरकारी संस्था, कार्यालय र कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ । जारी आचारसंहिता सुरक्षा संगठन र कर्मचारीहरुमा पनि लागू हुनेछ। निर्वाचनको काममा संलग्न कर्मचारी र सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि आचारसंहिता लाग्नेछ ।

उम्मेदवारका हकमा भने मनोनयन दर्तापछि आचारसंहिता लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै आचारसंहिता उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

उम्मेद्वारको हकमा मनोनयन रद्द गर्नेसम्मको अधिकार निर्वाचन आयोगलाई छ ।र एक लाख सम्म जरिवाना हुने व्यवस्था पनि छ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...