कांग्रेसको बैसाकी टेकेर तंग्रिएका प्रचण्डले देउवाको ढाडमा टेकेर टाउकोमा यसरी हान्दैछन् घन,एमालेसंग किन मिल्दैछन प्रचण्ड



प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि उहाँले नयाँ दिल्लीमा पुगेर संविधान संशोधन गर्ने प्रतिबद्धाता जनाउन नहुने भन्दै उहाँको व्यापक आलोचना भएको छ । सत्तासाझेदार दल माओवादी र माओवादी अध्यक्ष प्रचण्डले समेत यस विषयलाई लिएर प्रधानमन्त्रीको आलोचनात्मक टिप्पणी गरेपछि विषय अलिक गम्भीर बन्न पुगेको छ ।

संसद्मा मतदान भएर संविधान संशोधनसम्बन्धी विषयको टुंगो लागि सकेपछि पुनः प्रधानमन्त्रीले संशोधनप्रति प्रतिबद्धता जनाउनुलाई प्रचण्डले अत्यन्त गम्भीर र रहस्यमयी मानेको बुझिएको छ । सभापति शेरबहादुर देउवालाई उपयोग–प्रयोग गर्दै कांग्रेसबाट प्राप्त गर्न सकिने जति उपलब्धि हासिल गरेपछि प्रचण्डले देउवासँग टाढिने निहुँ खोज्न थालेको संकेतका रुपमा यसलाई लिइएको छ ।

कांग्रेससँग सत्तागठबन्धन हुनुअघि माओवादीको स्थिति मुलुकमा अत्यन्त दुर्बल र रुग्ण हुन पुगेको थियो । एक वर्षको यस अवधिमा प्रचण्डले आफ्नो पार्टीसम्बद्ध व्यक्तिहरुलाई राज्य संयन्त्रको महत्वपूर्ण जिम्मेवारीमा विधिवत् पुर्याइसक्नु भएको छ भने स्थानीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर भतरपुर महानगरलगायत दर्जनौं स्थानीय निकायमा आफ्नो पक्षको नेतृत्व पनि स्थापित गरिसक्नु भएको छ ।

कांग्रेससँगको साझेदारी र देउवाको कमजोरीको फाइदा उठाउँदै प्रचण्डले सुस्ताउँदो आफ्नो संगठनलाई पुनर्जीवन दिने काम पनि गरिसक्नु भएको छ । यसबीचमा माओवादीले मृत्युशय्यामा पुगिसकेको वाईसीएललाई पनि जागृत गराउनु भएको छ ।

एक वर्षअघि प्रधानमन्त्री बन्नुअघि र अहिले प्रचण्डको बडी ल्याङ्ग्वेज (हाउभाउ) लाई मात्र तुलना गर्ने हो भने पनि कांग्रेसको साथले माओवादी कति तङ्ग्रियो भन्ने बुझ्न सकिन्छ । यसरी कांग्रेसको साथ लिएर आफ्नो हैसियत माथि उठाएपछि प्रचण्ड अब देउवासँग बार्गेनिङ गरी थप उपलब्धि हासिल गर्न प्रयत्न गर्दै हुनुहुन्छ भने एमालेका नेताहरुसँग गुप्त सम्पर्क गरी देउवाको विकल्पमा नयाँ मोर्चा बनाउने कसरत गर्न थाल्नु भएको पनि जानकारीमा आउन थालेको छ ।

प्रधानमन्त्री देउवाले संविधान संशोधन गर्ने प्रतिबद्धाता नयाँ दिल्लीमा जनाउनु भएको विषयलाई निहुँ बनाएर प्रचण्ड एमालेसँग नजिकिने र एमालेको समर्थन लिएर आफैं प्रधानमन्त्री बन्ने तानाबाना बुन्न सक्रिय भएको जानकारी विभिन्न सूत्रबाट प्राप्त भएका छन् । त्यो हुन नसके बामदेब गौतम लाई प्रधानमन्त्रीमा समर्थन गर्ने प्रचण्डको दाउ छ।

प्रचण्डले आफूमातहतका संघ संगठन तथा संचारमाध्यमहरुलाई देउवाका विरुद्ध प्रयोग र परिचालन गर्ने कामको थालनी गरिसक्नुभएको छ । प्राप्त जानकारीअनुसार प्रधानमन्त्री देउवाले दिल्लीमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउनुको अर्थ प्रचण्डले बेग्लै रुपमा लगाउनुभएको छ ।

मधेसकेन्द्रीय दलहरुको माग र एजेण्डअनुरुपको संशोधन भनेर प्रचण्डले बुझ्नुभएको छैन । उहाँले अब गर्ने भनिएको संशोधन धर्मनिरपेक्षता हटाएर नेपालीलाई हिन्दूराष्ट्र बनाउने कुरासँग सम्बन्धित अर्थ लगाउनु भएको छ ।

भनिन्छ, प्रचण्ड संविधानबाट धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र बनाउने पक्षमा हुनुहुन्न र कुनै पनि बेला कांग्रेस हिन्दूराष्ट्रका पक्षमा जान्छ भन्ने निष्कर्षमा उहाँ पुग्नु भएको छ । त्यस्तो अवस्थामा एमालेसहित वामपन्थीहरुको साथ लिएर उपलिब्ध जोगाउने र सत्ता पनि प्राप्त गर्ने योजनाअनुसार प्रचण्ड भित्रभित्रै क्रियाशील हुन थाल्नु भएको बुझिन आएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय