मुग्लिन-नारायणघाट सडक त्रिशुलीमा मिसियो,सयौ गाडी फसे,यातायात पूर्णरुपमा ठप्प
अबिरल परेको वर्षापछि नारायणगढ-मुग्लिन सडकखण्ड भासिएको छ । सडक भासिएपछि यातायात पूर्णरुपमा ठप्प भएको छ । धादिडको इच्छाकामना गाउँपालिका ६ मा पर्ने चोरखोला नजिकै चारकिलो भन्ने स्थानमा सडक भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बर्षापछि ५० मिटर बाटो भासिएर त्रिशुली नदिमा खसेको छ । ९ मिटर चौडाइ रहेको सडककको ४ मिटर भाग नदिमा खसेको ट्राफिकले जनाएको छ । सडक नै भासिएपछि तत्काल यातायात सञ्चालन हुने सम्भावना छैन । सडक भासिएपछि सयौ सवारी साधनहरु बाटोमै अलपत्र परेका छन् ।