कांग्रेसमा बल्झियो रडाको,देउवालाई खुस्काउन कोइराला क्याम्पको गोप्य बैठक सुरु



हाम्रो इकोनोमि

तेस्रो चरण अन्तर्गत असोज २ गतेलाई तोकिएको स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट टिकट वितरणलाई लिएर नेपाली कांग्रेसभित्र किचलो शुरु भएको छ ।अहिले सम्म घोषणा गरिएका उम्मेदवारको नामावलीलाई लिएर कोइराला पक्ष असन्तुष्ट भएको छ ।

कोइराला समूहले पार्टी सभापतिले आफू भारत भ्रमणमा जाँदा निधीलाई कार्यबाहक बनाएर पार्टीभित्र शक्तिशाली बनाउन खोजेको आशंका गरिरहेको बेला सभापति स्वयमले टिकट वितरणमा समेत हावी गराएको आरोप कोइराला पक्षको छ । विमलेन्द्र निधीलाई बर्तमान सरकारको मन्त्रिमण्डलमा रहेका मधेसबाट प्रतिनिधित्व गर्ने वहालवाला मन्त्रिहरुले साथ दिएको बुझिएको छ । जसले उम्मेद्वारी छनौटमा निधीको एकलौटी भएको कोइराला पक्षको आरोप छ ।
यसैबीच टिकट वितरणलाई लिएर महामन्त्री शसांक कोइरालाको निवास महाराजगंजमा अहिले रामचन्द्र पौडेलसहित कोइराला पक्षको बैठक बसिरहेको स्रोतले बताएको छ। बैठकमा कोइराला पक्षका नेताहरु मात्र सहभागि भएको स्रोतले बतायो ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...