प्रचण्ड र बामदेबको बाक्लियो सम्बन्ध,ओली लाई साक्षी राखेर के खिचडी पकाऊदैछन?



हाम्रो इकोनोमि

नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतम र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको हिमचिम नयाँ विषय होईन ।उनीहरुबीच १२ बुँदे सम्झौता हुनु अघि भूमिगत कालदेखिकै सम्बन्ध हो । भूमिगत कालमा उनी बार्ताको लागि रोल्पासम्म पनि पुगेका थिए । त्यो सम्बन्ध उनीहरु अहिलेसम्म पनि कायमै छ ।

एमाले र माओवादीबीचको पार्टीगत सम्बन्ध बिग्रेको अवस्थामा पनि प्रचण्ड र बामदेबको सम्बन्ध यथावत नै रहँदै आएको छ । प्रधानमन्त्रीमा कांग्रेसलाई समर्थन गर्दा समेत आफूले नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओलीको नेतृत्वमा सरकार बनाएको उल्लेख गर्दै समय आउँदा एमालेबाट अर्को नेतालाई प्रधानमन्त्री बनाउन पनि भूमिका खेल्नु पर्ने अवस्था आउने बताएर बामदेबप्रति संकेत गरेका थिए ।

अहिले फेरि प्रचण्ड र बामदेबबीचको भेटवार्ता बाक्लिएको छ । आजै पनि उनीहरुबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार पछिल्लो समयमा प्रचण्ड र एमालेका नेताहरुबीच दिनँहु जसो छलफल हुने गरेको छ ।

भेटवार्तामा एमालेले बामदेबलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्दै निर्वाचन अघिनै उनको नेतृत्वमा गठबन्धन निर्माण गर्न आग्रह गर्दै आएको छ । तर प्रचण्ड तत्कालै गठबन्धन तोड्ने योजनामा नरहेको स्रोतहरुले बताएका छ ।

स्रोतका अनुसार प्रचण्डले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनपछि यो विषयमा सोच्न सकिने भन्दै बामदेबलाई आश्वासन दिएका छन ।
केपी ओलीले समेत थाईलैण्डबाट फर्किएर आएपछि यस विषयमा प्रचण्डसँग कुराकानी गर्ने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...