प्रचण्ड र बामदेबको बाक्लियो सम्बन्ध,ओली लाई साक्षी राखेर के खिचडी पकाऊदैछन?



हाम्रो इकोनोमि

नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतम र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको हिमचिम नयाँ विषय होईन ।उनीहरुबीच १२ बुँदे सम्झौता हुनु अघि भूमिगत कालदेखिकै सम्बन्ध हो । भूमिगत कालमा उनी बार्ताको लागि रोल्पासम्म पनि पुगेका थिए । त्यो सम्बन्ध उनीहरु अहिलेसम्म पनि कायमै छ ।

एमाले र माओवादीबीचको पार्टीगत सम्बन्ध बिग्रेको अवस्थामा पनि प्रचण्ड र बामदेबको सम्बन्ध यथावत नै रहँदै आएको छ । प्रधानमन्त्रीमा कांग्रेसलाई समर्थन गर्दा समेत आफूले नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओलीको नेतृत्वमा सरकार बनाएको उल्लेख गर्दै समय आउँदा एमालेबाट अर्को नेतालाई प्रधानमन्त्री बनाउन पनि भूमिका खेल्नु पर्ने अवस्था आउने बताएर बामदेबप्रति संकेत गरेका थिए ।

अहिले फेरि प्रचण्ड र बामदेबबीचको भेटवार्ता बाक्लिएको छ । आजै पनि उनीहरुबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार पछिल्लो समयमा प्रचण्ड र एमालेका नेताहरुबीच दिनँहु जसो छलफल हुने गरेको छ ।

भेटवार्तामा एमालेले बामदेबलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्दै निर्वाचन अघिनै उनको नेतृत्वमा गठबन्धन निर्माण गर्न आग्रह गर्दै आएको छ । तर प्रचण्ड तत्कालै गठबन्धन तोड्ने योजनामा नरहेको स्रोतहरुले बताएका छ ।

स्रोतका अनुसार प्रचण्डले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनपछि यो विषयमा सोच्न सकिने भन्दै बामदेबलाई आश्वासन दिएका छन ।
केपी ओलीले समेत थाईलैण्डबाट फर्किएर आएपछि यस विषयमा प्रचण्डसँग कुराकानी गर्ने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...