चुनाब सार्न कांग्रेस र एमालेको गोप्य मिटिंग,प्रचण्डले थाहा पाए पछी गयो भुकम्प,को-को उफ्रीए



हाम्रो इकोनोमि

प्रदेशसभाको निर्वाचन सार्न सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा एमालेबीच छलफल सुरु भएको छ ।
सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैदिन गर्ने निर्णय गरिसकेका बेला एमालेको पहलमा सार्नेबारे कांग्रेसका नेताहरुसँग छलफल सुरु भएको हो । उनीहरुबीच पहिला प्रतिनिधि सभाको चुनाव गर्नेगरी प्रदेशसभा चुनावलाई पछि धकेल्ने विषयमा छलफल जारी छ ।

सबैका सामु स्पष्ट छ कि एमालेले अझैपनि संघीयता रुचाएको छैन् । पहिला पनि संघीयता विरोधी कामहरु गर्दै आएको उसको अबको प्रयास भनेको संघीयता फेल गर्ने नै हो । त्यसका लागि प्रदेशसभाको निर्वाचन रोक्नु अपरिहार्य छ । अहिले चुनाव सारियो भने पछि स्थिती अनुकुल हुने आकलन एमाले नेताहरुको रहेको छ र त्यसैअनुसार चुनाव सार्न कांग्रेससँग गृहकार्य थालेको स्रोत बताउँछ ।

यसरी कांग्रेस र एमालेबीच प्रदेशसभाको चुनाव सार्नेबारे छलफल भइरहेको कुरा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थाहा पाएपछि सत्तारुढ गठबन्धनमा खैलाबैला भएको छ । प्रचण्डले आफ्नो जनयुद्धदेखिको आन्दोलन, परिवर्तन सबै संघीयता संस्थागत गर्न भएको भन्दै एमालेको षडयन्त्रमा नलाग्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सचेत गराएका थिए ।

देउवामात्रै होइन् प्रचण्डले ओलीसँग पनि भेट गरेर परिवर्तन धरापमा पार्ने यस्तो गतिविधि नगर्न आग्रह गरेका थिए । यसरी प्रचण्डले सक्रियता लिएपछि एमाले र कांग्रेसबीचको छलफल पनि रोकिएको स्रोतले बतायो । ‘प्रचण्डकै कारण फेरि संघीयता फाल्ने षडयन्त्र रोकिएको छ,’ स्रोतले भन्यो– ‘उहाँले थाहा नपाएको भए षडयन्त्रको खेल औपचारिक रुपमै प्रारम्भ भइसक्थ्यो । संघीयता समाप्त हुने निश्चित थियो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...