डिलासैनी गाउँपालिका मदिरा निषेधित क्षेत्र घोषणा



हाम्रो इकोनोमि

डिलासैनी गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मदिराले समाजमा विकृृति बढेको भन्दै महिला, बालबालिकालगायत विभिन्न सरोकारवालाले आवाज उठाएपछि गाउँपालिकालाई मदिरा निशेषेधित क्षेत्र घोषणा गरिएको स्थानीय सम्भु भट्टले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष ओकेन्द्र्र बोहराको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाका सबै वडामा मदिरा बेचबिखन र सेवन गर्न नदिने निर्णय गरेको छ । गाउँपालिकाभित्र अनुमति पत्र लिएर सञ्चालनमा ल्याएका मदिरा पसलसमेत असोज महिनाभित्रमा बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गरिसकेपछि अब गाउँपालिका मदिरा बेचबिखन गर्न, सेवन गर्न र ओसारपसार गर्न पाइने छैन । मदिरा बेचबिखन, सेवन तथा ओसारपसार गरेको पाइएमा कारबाही गरिने अध्यक्ष बोहराले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...