काभ्रेपलाञ्चोकमा ऊन उत्पादन न्यून



हाम्रो इकोनोमि

काभ्रेपलाञ्चोकमा ऊन उत्पादन केही वर्षदेखि घट्दै गएको छ ।

पछिल्लो समय कृषक भेडापालन छोडेर बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका कारण ऊन उत्पादनमा कमी आएको हो । जिल्लामा आर्थिक वर्ष २०६८÷६९ मा ३।४१ मेट्रिक टन भेडाको ऊन उत्पादन भएकामा आव २०७३÷७४ मा १।३ मेट्रिक टन मात्र ऊन उत्पादन भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

पाँचखाल, उग्रचण्डीनाला, धुलिखेलको खडपु लगायतका क्षेत्रमा कृषकले भेडापालन गरिरहेका जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो । कार्यालयले विगत वर्षमा भेडाको संरक्षण र संवद्र्धनका लागि ‘थुमा’ वितरण गरेको थियो । जिल्लामा भेडाको व्यावसायिक उत्पादन, संरक्षण तथा संवद्र्धनका लागि सरकारी कार्यक्रम नभएको उहाँले बताउनुभयो ।

“जिल्लामा कतिको संख्यामा भेडापालन गरिएको छ भन्ने तथ्याङ्क छैन,” उहाँले भन्नुभयो । भेडाको बोकालाई थुमा भनिन्छ । अहिले यस सम्बन्धी कुनै पनि कार्यक्रम कार्यालयसँग छैन । नागरिकले मासु मन नपराएका कारण तथा गुणस्तरीय ऊन उत्पादन गर्न नसक्दा भेडापालन घट्दै गएको सापकोटाको भनाइ छ ।

ऊन कृषकका लागि आम्दानीको दरिलो स्रोत मानिन्छ । भेडाको ऊन विभिन्न लुगा, राडीपाखीका लागि प्रख्यात मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...