काभ्रेपलाञ्चोकमा ऊन उत्पादन न्यून



हाम्रो इकोनोमि

काभ्रेपलाञ्चोकमा ऊन उत्पादन केही वर्षदेखि घट्दै गएको छ ।

पछिल्लो समय कृषक भेडापालन छोडेर बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका कारण ऊन उत्पादनमा कमी आएको हो । जिल्लामा आर्थिक वर्ष २०६८÷६९ मा ३।४१ मेट्रिक टन भेडाको ऊन उत्पादन भएकामा आव २०७३÷७४ मा १।३ मेट्रिक टन मात्र ऊन उत्पादन भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

पाँचखाल, उग्रचण्डीनाला, धुलिखेलको खडपु लगायतका क्षेत्रमा कृषकले भेडापालन गरिरहेका जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो । कार्यालयले विगत वर्षमा भेडाको संरक्षण र संवद्र्धनका लागि ‘थुमा’ वितरण गरेको थियो । जिल्लामा भेडाको व्यावसायिक उत्पादन, संरक्षण तथा संवद्र्धनका लागि सरकारी कार्यक्रम नभएको उहाँले बताउनुभयो ।

“जिल्लामा कतिको संख्यामा भेडापालन गरिएको छ भन्ने तथ्याङ्क छैन,” उहाँले भन्नुभयो । भेडाको बोकालाई थुमा भनिन्छ । अहिले यस सम्बन्धी कुनै पनि कार्यक्रम कार्यालयसँग छैन । नागरिकले मासु मन नपराएका कारण तथा गुणस्तरीय ऊन उत्पादन गर्न नसक्दा भेडापालन घट्दै गएको सापकोटाको भनाइ छ ।

ऊन कृषकका लागि आम्दानीको दरिलो स्रोत मानिन्छ । भेडाको ऊन विभिन्न लुगा, राडीपाखीका लागि प्रख्यात मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...