काठमाडौँ महानगरका मेयरलाई उर्जामन्त्रीले सनासो लगाउने,बिद्यासुन्दरले के अपराध गरे अनि मन्त्री खनिए?



देशभरका विभिन्न नगर,उपमहानगर र महानगरपालिकामा राखिएका सडक बत्तीबाट तीन अर्ब रुपैयाँ बक्यौता उठ्न बाँकी छ भने काठमाडौँ महानगर तथा नगरपालिकाहरुले एक अर्ब ३९ करोड रुपैयाँ बक्यौता तिर्नुपर्ने रहेको छ ।

देशकै सबैभन्दा ठुलो महानगर काठमाडौँ महानगरपालिकामा मेयरमा निर्वाचित भएर विद्यासुन्दर शाक्य पुगेका छन् । उनी निर्वाचित हुनुअगावै महानगरले नेपाल विद्युत् प्राधिकरणलाई सडक बत्ती बालेबापत महशुल नतिरेको देखिएको छ भने उनले पनि यस विषयमा त्यति चासो नदिएको स्रोत बताउँछ । शाक्य मेयरका रूपमा निर्वाचित भएपछि प्राधिकरणले बक्यौता रकम उठाउन पटक पटक ताकेता गर्दापनि महानगरले बेवास्ता गर्दैै आएको छ ।

काठमाडौँ महानगरले बक्यौता रकम तिर्न आनाकानी गरेसँगै प्राधिकरणले तत्काल बक्यौता रहेको विद्युत् महसुल तिर्न दबाब दिइरहेको छ । काठमाडौँ महानगरसँगै विराटनगर, पोखरा,बुटवलका विभिन्न क्षेत्रीय कार्यालयहरूले बक्यौता रकम बुझाएका छैनन् । प्राधिकरणका अनुसार बिराटनगर क्षेत्रीय कार्यालय अन्तर्गतका विभिन्न नगरपालिकाहरुले ३१ अर्ब ६५ लाख ५६ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

जनकपुर क्षेत्रीय कार्यालयका नगरपालिकाहरुले सडक बत्ती बालेवापत् करिब ६३ करोड ६४ लाख ४९ हजार, हेटौडा क्षेत्रीय कार्यालयका नगरपालिकाहरुले ६३ करोड ६४ लाख हजार,पोखरा क्षेत्रीय कार्यालय अन्तर्गतका नगरपालिकाहरुको १७ करोड ८३ लाख र बुटवल क्षेत्रीय कार्यालय अन्तर्गतका नगरपालिकाहरुकोे बक्यौता २४ करोड ४५ लाख रुपैयाँ रहेको छ । त्यसै गरी नेपालगञ्ज क्षेत्रीय कार्यालय अन्तर्गतका नगरपालिकाहरुको १८ करोड ६३ लाख र अत्तरिया क्षेत्रीय कार्यालय अन्तर्गतका कार्यालयहरुको कुल बक्यौता १२ करोड ७९ लाख रहेको प्राधिकरणले हिसाब निकालेको छ ।

तत्काल यति धेरै रकम नगर तथा महानगरले तिर्न नसक्ने देखिएपछि सरकारले एक पटक आफै बक्यौता रकम तिर्ने भएको छ । यसरी पहिलो श्रेणीमा गनिने महानगर काठमाडौले नै अटेरी गरेपछि अब यसरी नहुने बताउँदै उर्जामन्त्री महेन्द्रबहादुर शाही बक्यौता रकम उठाउन कम्मर कसेर लागिपरेको स्रोतले बताएको छ । उता, प्राधिकरणले १५ दिनभित्र महशुल नबुझाएमा लाइन काट्ने सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

प्रधानमन्त्री केपी ओलीविरुद्ध रवि लामिछानेको कडा आक्रोश

     प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी

रवि लामिछानेको प्रदर्शनमा प्रहरीद्धारा अश्रुग्यास प्रहार

    रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार

प्रत्येक जिल्लाबाट पोखरा पुग्न रास्वपाको सर्कुलर

     राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न