एमालेले कपिलवस्तुमा क- कसलाई ग¥यो कारबाही



हाम्रो इकोनोमि

नेकपा (एमाले) कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै एकैपटक ६२ जनालाई कारबाही गरेको छ ।

कारबाहीमा जिल्ला नेतादेखि साधारण सदस्यसमेत परेका छन् । कारबाहीस्वरुप केहीलाई जिल्ला कमिटीबाट हटाइएको छ भने केहीलाई निलम्बन गरिएको छ ।

जिल्ला कमिटी र सल्लाहकार परिषद्का सदस्य पूर्णचन्द्र परियार, फूलकुमारी श्रेष्ठ, खम्बबहादुर शाहलाई जिल्ला कमिटीबाट निलम्बन गरिएको छ ।

त्यस्तै, बलराम भुसाल, मनेश्वरी श्रेष्ठलाई पार्टी कमिटीबाट निष्काशन गरिएको छ । त्यस्तै गरी रामबहादुर गन्धर्वलाई पार्टी कमिटीबाट निलम्बन गरिएको छ ।

यसैगरी, १५ जनालाई पार्टीबाट निष्काशन समेत गरिएको पार्टी सचिव बाबुराम आचार्यले जानकारी दिनुभयो । जिल्ला कमिटी कपिलवस्तुले उनीहरुलाई पार्टी विधानको धारा ४९ को दफा क ३ र ८ बमोजिम कसुरको आधारमा कारबाही गरिएको पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनुभयो ।

बैठकले आगामी माघसम्मको कार्ययोजना समेत तय गरेको छ । साथै, बैठकले जिल्ला कमिटी सदस्य र नगर संगठन कमिटीमा केहीलाई मनोनयन पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...