दुई नम्बर प्रदेशमा नेताहरुको लर्को,कुन नेता कहाँ पुगेर के-के खुराफात गर्दैछन ?



आगामी असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि दलहरु केन्द्रित भएका मात्र छैनन् मधेशलाई मुकाम बनाएर उतै बस्न थालेका छन । उम्मेदवारको अन्तिम टुङ्गो लगाउने देखि मतदाता फकाउनेसम्मको काममा दलहरु सक्रिय भएर मैदानमा होमिएर लागेका हुन् । चुनावी प्रचारका लागि खासगरि कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपाका प्रभावशाली र शीर्ष नेताहरु नै धौडधुप गरिरहेका छन् । सबैले मधेशमा भाले हुने योजना बनाएका छन् ।

प्रदेश नं. २ मा कांग्रेसका १४ केन्द्रीय सदस्य र ४० सांसद खटिए

कांग्रेसका पदाधिकारीसहित १४ केन्द्रीय सदस्य र ४० सांसद प्रदेश नम्बर २ मा खटिएका छन्। उनीहरू त्यही क्षेत्रका हुन्। आवश्यकता भए थप केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेसको तयारी छ।

कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री विमलेन्द्र निधि, पूर्वकोषाध्यक्ष चित्रलेखा यादवसहितका १४ केन्द्रीय सदस्य २ असोजमा तेस्रो चरणको स्थानीय निर्वाचन हुने प्रदेश नम्बर २ कै बासिन्दा हुन्।

यही प्रदेशबाट निर्वाचित र समानुपातिक गरी ४१ जना सांसदले प्रतिनिधित्व गर्ने भएकाले जिल्लाबाट माग भए मात्र केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेसले जनाएको छ।

‘प्रदेश नम्बर २ बाट १४ केन्द्रीय सदस्य र ४१ सांसदले प्रतिनिधित्व गर्नुहुन्छ। त्यहाँ नेताहरू पर्याप्त हुनुहुन्छ,’ कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने, ‘उहाँहरूले आवश्यकता महसुस गर्नुभयो भने मात्र केन्द्रले नेताहरू पठाउँछ।’

एमालेका शीर्ष नेता नै प्रचारमा चुनावी प्रचारमा

एमाले शीर्ष र स्थायी समितिका नेताहरू प्रदेश नं. २ मा खटिएका छन्। कार्यबाहक अध्यक्ष वामदेव गौतम, नेता माधवकुमार नेपालसहितका नेताहरू तीन दिनदेखि चुनावी प्रचारमै छन्।

गौतम उम्मेदवारको नाम टुंग्याउन बाराको सिमरा पुगेका छन् भने नेपाल पर्साको वीरगन्ज महानगरपालिका र विभिन्न गाउँपालिकाद्वारा आयोजित चुनावी प्रचार र घरदैलो कार्यक्रममा व्यस्त छन्।

बारामा गौतमसँगै उपमहासचिव विष्णु पौडेल, पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे पनि खटिएका छन् भने सचिव गोकर्ण विष्ट जनकपुर पुगेका छन्।

त्यस्तै, पर्सामै स्थायी समिति सदस्य शंकर पोखरेल कार्यकर्ता प्रशिक्षण र चुनावी प्रचारका कार्यक्रममा सहभागी भइरहेका छन्। ‘उपलब्ध नेताहरू अहिले प्रदेश नं. २ मा सक्रिय हुनुहुन्छ,’ केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘अध्यक्ष र महासचिव विदेशबाट फर्किएपछि तराईमै केन्द्रित हुनुहुन्छ।’

माओवादी कमाण्ड प्रचण्डले नै सम्हाल्ने

माओवादी केन्द्रले प्रदेश नम्बर २ मा अध्यक्ष प्रचण्डले नै कमान्ड सम्हाल्ने गरी रणनीति बनाएको छ। उनले मंगलबार जनकपुरमा आयोजना गरिने निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

‘कुन जिल्लामा कस्तो रणनीति लिनुपर्ने हो। सोहीअनुसार अध्यक्षले जिम्मेवारी दिएर नेता परिचालन गर्नुहुनेछ,’ प्रवक्ता पम्फा भुसालले भनिन्। प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादवको नेतृत्वमा पनि टोली सक्रिय छ।

पर्सामा उर्मिला अर्याल, रौतहटमा प्रभु साह, महोत्तरीमा गिरिराजमणि पोखरेल, सिरहामा विश्वनाथप्रसाद साह र अजयशंकर नायक, धनुषामा मातृका यादव र रामचन्द्र झालगायतका नेता खटिएका छन्। माओवादीले बुधबारसम्म उम्मेदवारको टुंगो लगाउने छ।

राजपा पनि केन्द्रित

प्रदेश नम्बर २ को निर्वाचनका लागि राजपाका केन्द्रीय नेताहरू जिल्ला केन्द्रित भएकाे छ । उम्मेदवार टुंगो लगाउन तथा प्रचारप्रसार गर्न नेताहरू जिल्ला झरेका हुन्।

तर, अहिलेसम्म उम्मेदवारको नाम टुंगो लागेको छैन। १६ भदौसम्म उम्मेदवारको नाम टुंगो लगाउने तयारीमा राजपा लागेको छ। राजपाका केहि नेता चुनाबमा जान नहुने तर्क पनि गरिरहेका छन।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

प्रधानमन्त्री केपी ओलीविरुद्ध रवि लामिछानेको कडा आक्रोश

     प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी

रवि लामिछानेको प्रदर्शनमा प्रहरीद्धारा अश्रुग्यास प्रहार

    रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार

प्रत्येक जिल्लाबाट पोखरा पुग्न रास्वपाको सर्कुलर

     राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न