दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने प्रचण्डको दाबी



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभएको छ ।

विराटनगरबाट सर्लाहीतर्फ जाने क्रममा आज बिहान सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उहाँले अन्य प्रदेशमा आफ्नो पार्टी तेसं्रो स्थानमा खुम्चिए पनि दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पहिलो बन्ने दाबी गर्नुभएको हो ।

अध्यक्ष दाहालले “अहिले हामी सम्पूर्ण ध्यान असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा केन्द्रीत गरेका छौ र यहाँका जनताले पनि असाध्यै माया गर्ने भएकाले यो प्रदेशमा हामी पहिलो पार्टी बन्ने छौं भन्नुभयो ।”

हामीले प्रदेश नम्बर २ मा १ नम्बर पार्टी बन्न बल गर्दैछौं, उहाँले भन्नुभयो– “तपाईहरुले पनि बल गर्नुभयो भन्ने हामीलाई १ नम्बर बन्नबाट कसैले रोक्न सक्दैन् ।”

अध्यक्ष दाहालले माओवादी केन्द्रका कारण देशको एकता र समृद्धि सम्भव भएको उल्लेख गर्दै माओवादीले विगार्न र भत्काउन मात्र सिपालु छ भन्नेलाई आफ्नो नेतृत्वको अघिल्लो सरकारले १० महिनामा त्यो भ्रमलाई पूरै गलत सावित गर्न सफल भएको बताउनुभयो ।

मधेसमा माओवादी केन्द्रप्रति लहर आएको बताउँदै उहाँले देशलाई एकताबद्ध गर्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने कुरा स्थापित भएको बिचार व्यक्त गर्नुभयो ।

सो अवसरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र रामहादुर थापा लगायतको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...