५ नेताको आँखाको कसिंगर बनेका नारायणकाजीलाई एमालेले भित्र्याउने,काजी लखेटिए पछी बाबुराम भित्रिने यस्तो छ योजना



हाम्रो इकोनोमि

माओवादी केन्द्रमा कुष्णबहादुर महरा, रामबहादुर थापा, पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमान पुन लगायतका नेताहरू हाबी भएको र आफुलाई प्रचण्डले भाउ नदिएको निष्कर्षमा पुगेका नेता नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेश गर्ने अन्तिम तयारीमा पुगेका छन।एमाले अध्यक्ष केपी ओली बैंकक बाट आए लगत्तै नारायणकाजी एमालेमा प्रवेश गर्ने भएका हुन्।बिद्या भण्डारी राष्ट्रपती भए पछी रिक्त रहेको उपाध्यक्ष पद दिएर एमालेले काजीलाई ससम्मान पार्टी प्रवेश गराउन लागेको हो।

भारतको कट्टर विरोधीको छवि बनाएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेशको तयारी गरेको रहस्य बाहिरिएको छ ।
स्रोतका अनुसार श्रेष्ठले एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरूसँग वार्ता गरिरहेका छन् । ‘केपी ओलीसँग कुराकानी चलिरहेको छ’, एमाले उच्च स्रोतले भन्यो, ‘केही कुराहरूमा अझै सहमति भएको छैन । एकदुई दिनमा कुरा मिल्ने संकेत देखिएको छ ।’

माओवादी केन्द्रका अधयक्ष पुष्पकलम दाहाललाई सधै हैरान बनाएका श्रेष्ठको बहिरगमन पछि पार्टी संगठन सम्हालिने एक माओवादी नेताले बताए । ‘माओवादीभित्र बसेर माओवादीको आलोचना गर्दै आउनुभएको छ’, ती माओवादी नेताले भने, ‘यस्ता नेताका कारणले गर्दा सधै अध्यक्ष प्रचण्डलाई समस्या हुने गरेको छ ।’

यसअघि पनि नेता श्रेष्ठले एमालेसँग मिलेर सरकार बनाउनु पर्छ भनेर ठूलै लविङ गरेका थिए । तर, एमालेसँग मिलेर सरकार बनाउँदा स्थानीय तहको निर्वाचनमा पराजिय हुनेभन्दै माओवादी अध्यक्ष दाहालले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढेका थिए । जसको परिणाम माओवादीलाई ठूलो फाइदा भएको थियो ।

कुष्णबहादुर महरा, रामबहादुर थापा, पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमान पुन लगायतका नेताहरूले काजीलाई देख्न सक्दैनन्। उनलाई कुरौटे र एताको कुरा उता लगाउने नेता भनेर खेदो खन्ने गरेका छन। नारायण काजी लाई लाखेटे पछी बाबुराम भट्टराई माओबादीमा फर्कने जानकारी आए पछी पनि प्रचण्ड काजी लाई वास्ता गर्न छोडेका छन्।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...