५ नेताको आँखाको कसिंगर बनेका नारायणकाजीलाई एमालेले भित्र्याउने,काजी लखेटिए पछी बाबुराम भित्रिने यस्तो छ योजना



हाम्रो इकोनोमि

माओवादी केन्द्रमा कुष्णबहादुर महरा, रामबहादुर थापा, पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमान पुन लगायतका नेताहरू हाबी भएको र आफुलाई प्रचण्डले भाउ नदिएको निष्कर्षमा पुगेका नेता नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेश गर्ने अन्तिम तयारीमा पुगेका छन।एमाले अध्यक्ष केपी ओली बैंकक बाट आए लगत्तै नारायणकाजी एमालेमा प्रवेश गर्ने भएका हुन्।बिद्या भण्डारी राष्ट्रपती भए पछी रिक्त रहेको उपाध्यक्ष पद दिएर एमालेले काजीलाई ससम्मान पार्टी प्रवेश गराउन लागेको हो।

भारतको कट्टर विरोधीको छवि बनाएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेशको तयारी गरेको रहस्य बाहिरिएको छ ।
स्रोतका अनुसार श्रेष्ठले एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरूसँग वार्ता गरिरहेका छन् । ‘केपी ओलीसँग कुराकानी चलिरहेको छ’, एमाले उच्च स्रोतले भन्यो, ‘केही कुराहरूमा अझै सहमति भएको छैन । एकदुई दिनमा कुरा मिल्ने संकेत देखिएको छ ।’

माओवादी केन्द्रका अधयक्ष पुष्पकलम दाहाललाई सधै हैरान बनाएका श्रेष्ठको बहिरगमन पछि पार्टी संगठन सम्हालिने एक माओवादी नेताले बताए । ‘माओवादीभित्र बसेर माओवादीको आलोचना गर्दै आउनुभएको छ’, ती माओवादी नेताले भने, ‘यस्ता नेताका कारणले गर्दा सधै अध्यक्ष प्रचण्डलाई समस्या हुने गरेको छ ।’

यसअघि पनि नेता श्रेष्ठले एमालेसँग मिलेर सरकार बनाउनु पर्छ भनेर ठूलै लविङ गरेका थिए । तर, एमालेसँग मिलेर सरकार बनाउँदा स्थानीय तहको निर्वाचनमा पराजिय हुनेभन्दै माओवादी अध्यक्ष दाहालले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढेका थिए । जसको परिणाम माओवादीलाई ठूलो फाइदा भएको थियो ।

कुष्णबहादुर महरा, रामबहादुर थापा, पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमान पुन लगायतका नेताहरूले काजीलाई देख्न सक्दैनन्। उनलाई कुरौटे र एताको कुरा उता लगाउने नेता भनेर खेदो खन्ने गरेका छन। नारायण काजी लाई लाखेटे पछी बाबुराम भट्टराई माओबादीमा फर्कने जानकारी आए पछी पनि प्रचण्ड काजी लाई वास्ता गर्न छोडेका छन्।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...