सर्बहाराको नेता भन्ने प्रचण्डको यस्तो छ जंगे शैली,नातिलाई मात्र बुझाऊछन् मासिक लाखौको थैली



सर्बहारा वर्गको अग्रदस्ता भनेर प्रचार गराएका माओबादी अध्यक्ष प्रचण्डको सामन्ती शैलीले उनको असली नियत देखाएको धेरै भयो। र पनि उनी बेलाबखत राजा महाराजा लाई चक्मा दिने गतिबिधी गर्छन।

बालबालिकालाई किङ र क्वीनका रुपमा स्वीकार गरेर हुर्काउने मुलुक उत्तर कोरिया हो । त्यसैले त्यहाँका बालबालिका बालापनदेखि नै देशको गीत गाउँछन् र स्वाभिमानी हुन्छन् ।
पशुपतिशमशेर जबराले राप्रपा प्रजातान्त्रिक गठन गरेका छन्, उनी नाती जर्नेल हुन् । जन्मदै जर्नेल हुनपाउने शौभाग्य उनलाई प्राप्त भयो । त्यतिबेला जहाँनियाँ शासन थियो, उनी जन्मे, नाती जर्नेल भए ।

अहिले त लोकतन्त्र छ । भूकम्प गयो, बाढीपहिरोले अस्तव्यस्त बनायो । लाखौं बालबालिकाको पढनपाठनमात्र होइन, तिनको जीवन नै जोखिममा छ । तर एउटा बालक अर्थात प्रचण्डका डेढवर्षका नाती जर्नेलभन्दा कम भाग्यमानी छैनन् । उनी पजेरो चढेर स्कूल जान्छन् भनेपछि उनको रहनसहन जर्नेली खान्कीभन्दा कम होला र ?

माओवादी कारखानाबाट उत्पादित बालक हुन् यी । उठेर मुत्नेका छोराले घुमाएर मुत्छन् भन्ने नेपाली उखान छ । देशै हल्लाउने प्रचण्डका त नाती, यिनले केमात्र नगर्लान् । हामी नबाँचौंला, बाँच्ने सन्ततीले यिनको करामत देख्ने भोग्ने छन् ।

जनयुद्धकालमा बोर्डिङ भनेपछि बम पड्काएर उडाइयो । जो बचे चन्दा दिएर बचे । शायद बचेकै मध्येको एउटा निजी बोर्डिङमा प्रचण्डका नाती पजेरोमा पढ्न जाने गरेका छन् । त्यो स्कूलको नाम हो स्टेपिङ स्टोन इन्टरनेशनल प्रि स्कूल । प्रचण्डजस्ता अन्तर्राष्ट्रिय स्तरको नेताको नातीले नेशनल स्कूलमा पढ्ने कुरा पनि त भएन ।
र, नेपालीले चलाएको स्कूलमा पढ्नु गलत हुन्थ्यो । त्यसैले भारतीय नागरिकको लगानी रहेको त्यही मण्टेश्वरीमा पढ्छन् नाती प्रचण्ड । त्यहाँ मासिक पचासौ हजार खर्च हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

प्रधानमन्त्री केपी ओलीविरुद्ध रवि लामिछानेको कडा आक्रोश

     प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी

रवि लामिछानेको प्रदर्शनमा प्रहरीद्धारा अश्रुग्यास प्रहार

    रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार

प्रत्येक जिल्लाबाट पोखरा पुग्न रास्वपाको सर्कुलर

     राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न