‘बिपी साहित्य सम्मान’ सुवेदीलाई



हाम्रो इकोनोमि

जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलाई दिने निर्णय गरेको छ ।

जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा रु एक लाख एक हजार राशीको बिपी साहित्य सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्य सर्वश्री बलदेव शर्मा मजगैया, डा धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिको सर्वसम्मतिबाट सो निर्णय गरिएको हो ।

त्यसरी नै ट्रष्टले प्रदान गर्ने यसवर्षको सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पु¥याउने दाङका तीर्थराज चैतुलाई दिने निर्णय गरेको ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

दुवै पुरस्कार यही भदौ २४ गते बिपी जयन्तीको अवसरमा काठमाडौँमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रदान गरिने ट्रस्टले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...