‘बिपी साहित्य सम्मान’ सुवेदीलाई



हाम्रो इकोनोमि

जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलाई दिने निर्णय गरेको छ ।

जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा रु एक लाख एक हजार राशीको बिपी साहित्य सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्य सर्वश्री बलदेव शर्मा मजगैया, डा धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिको सर्वसम्मतिबाट सो निर्णय गरिएको हो ।

त्यसरी नै ट्रष्टले प्रदान गर्ने यसवर्षको सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पु¥याउने दाङका तीर्थराज चैतुलाई दिने निर्णय गरेको ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

दुवै पुरस्कार यही भदौ २४ गते बिपी जयन्तीको अवसरमा काठमाडौँमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रदान गरिने ट्रस्टले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...