पार्टी विभाजन हुदाँ कलम थापालाई पिरलो यसरी पोखे पिडा



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप लगाउनुभएको छ ।

पार्टीले आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले तत्कालीन राप्रपा नेपाल तथा राप्रपाबीच भएको एकीकरणपछि मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माण हुन लागेकामा त्यसलाई अवरोध गर्ने उद्देश्यबाट पार्टीका केही नेतालाई साथ लिएर विभाजन गराइएको विचार व्यक्त गर्नुभयो ।

नेपालमा आफ्नो अनुकूल गठबन्धन बनाएर विभिन्न प्रभावमा राख्न चाहने शक्ति अहिले सक्रिय रहेको बताउँदै उहाँले भन्नुभयो, “पार्टी विभाजनका लागि केन्द्रीय सदस्य तथा संसदीय दलको न्यूनतम ४० प्रतिशत आवश्यक हुन्छ तर आफ्नो दलमा त्यो नियम लागू हुन सकेन ।”

अध्यक्ष थापाले ‘निर्वाचन आयोगले दल विभाजनका लागि गरेको निर्णय त्रुटिपूर्ण रहेकाले न्याय प्राप्त गर्न आफूहरुले अदालतमा रिट दर्ता गराएको प्रष्ट पार्नुभयो । उहाँले ‘प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा विनाप्रसंग संविधान संशोधनको विषयमा अभिव्यक्ति दिएकाले’ मुलुकको स्वाभिमानमा धक्का लागेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...