प्रधानमन्त्रीले राष्ट्रको शिर निहु¥याए : महासचिव पोखरेल



हाम्रो इकोनोमि

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरवहादुर देउवाले लज्जास्पद व्यवहार प्रदर्शन गरेको बताएका छन् ।
प्रवासी नेपालीमञ्च फ्रान्सको अधिवेशनमा सहभागी भई यहाँ आइपुगेका महासचिव पोखरेलले सार्वभौम संसदले छिनोफानो गरेको संविधान संशोधनको विषयलाई छिमेकमा पुगेर उप्काएर देउवाले स्वाभिमानी नेपालीको शिर नुङ्ग्याउने काम गरेको बताए ।

‘भ्रमणका क्रममा प्रधानमन्त्रीले औपचारिक कार्यक्रममा मैले संविधान संशोधन गर्ने सकिन, फेरी पनि प्रयास गर्छु भन्नु खेदजनक छ’– महासचिव पोखरेलले भने–‘हाम्रो आन्तरिक मामलामा कसैले पनि अनावश्यक चासो राख्नु गलत कुरा हो ।’

नेपालको राष्ट्रियतामाथि आँच आउने कुरामा एमाले कहिल्यैपनि सम्झौता नगर्ने उनले बताए । एमालेले गलत कुरामा कहिल्यै सम्झौता नगर्ने उल्लेख गर्दै महासचिव पोखरेलले स्वाधिन र सार्वभौम राष्ट्रको मुलुकलाई नेतृत्व गर्ने व्यक्तिको व्यवहार निकै खेदजनक रहेको बताए ।
यहा रहेका नेपाली समुदायलाई उनले श्रम र सीप सिकेर नेपालमै लगानी गर्न आग्रह गरे । अधिवेशनले भक्त वाग्लेको अध्यक्षतामा नयाँ नेतृत्वचयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...