एमालेले बिरोध गर्दै आफु बिरुद्द पंगा खेले पछी देउवाले संसद बाटै दिए यस्तो दनक



प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान निर्माण, त्यसको कार्यान्वयन र सर्वस्वीकार्यता नेपाल र नेपाली जनताको नितान्त आन्तरिक विषय भएको उल्लेख गर्दै यसबारे कसैसँग सम्झौता नगरेको र गर्न पनि नसक्ने बताएका छन्।

मित्रराष्ट्र भारतको पाँचदिने राजकीय भ्रमण सकेर आइतबार साँझमात्रै नेपाल आइपुगेका प्रधानमन्त्री देउवाले सोमबारको संसद बैठकमा आफ्नो भ्रमणबारे सांसदलाई जानकारी गराउँदै यस्तो धारणा राखेका हुन्।

आजको बैठकको सुरुमा नै विशेष समय लिएर बोल्ने क्रममा प्रधानमन्त्री देउवाले संविधानको विषयमा आफूले नयाँदिल्लीमा बोलेको कुरालाई लिएर नेपालका केही राजनीतिक दल तथा संचारमाध्यममा आएको टिकाटिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

‘नेपालको संविधान निर्माण, त्यसको स्वीकार्यता तथा कार्यान्वयनको विषय नेपाल र नेपाली जनताको नितान्त आन्तरिक विषय हो भन्ने स्पष्ट पार्न चाहन्छु,’ देउवाले भने। ‘यसमा कसैसँग सम्झौता गरेको छैन र हुन पनि सक्दैन। संविधानको सर्वस्वीकार्यता कायम गर्ने र यसको कार्यान्वयन गर्ने हाम्रो राष्ट्रिय एजेण्डा हुन्। राष्ट्रिय प्राथमिकताको विषयबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु अस्वाभाविक होइन।’

संविधान संशोधनका लागि आफूहरुले गरेको प्रयास विफल भएपनि यसको सर्वस्वीकार्यता बढाउँदै त्यसको सफल कार्यान्वयनका लागि आफू लागि पर्ने देउवाको भनाईप्रति केही संचार माध्यम र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गम्भिर आपत्ति जनाउँदै उनको आलोचना गरेका थिए।

तर सोमबारको संसदमा बोल्ने क्रममा प्रधानमन्त्री देउवाले नेपालको शान्ति प्रक्रिया र लोकतन्त्रको संक्रमणकालमा सघाउँदै आएका छिमेकी र मित्रराष्ट्रहरुले नेपालको पछिल्लो घटनाबारे जिज्ञासा राख्नुलाई नाजायज भन्न नमिल्ने बताए।

आफ्नो अभिव्यक्तिले राष्ट्रहित विपरित नभएको प्रष्ट्याउदै देउवाले भने, ‘हाम्रो संविधानको कार्यान्वयनका सम्बन्धमा ्छिमेकी वा अन्य कुनै पनि मुलुकबाट हुने हस्तक्षेप नेपाललाई स्विकार्य नहुने कुरामा सबैलाई आश्वस्त हुन आग्रह गर्दछु।’

देउवाले भारत भ्रमणका क्रममा नेपालको तराई क्षेत्रमा भएको डुबान समस्या समाधानका लागि भारतीय सरकार तथा विहारका मुख्य मन्त्रीसँग पनि कुराकानी गरेको बताउँदै यसबारे दुई देशका विज्ञहरुको टोली बनाएर समाधानको उपाय खोज्ने सहमति भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता

    ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट

रास्वपाका कार्यकर्ताद्धारा पत्रकारमाथि हातपात, महासंघको विरोध

    पोखरामा रविको समर्थनमा उत्रिएका रास्वपाका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेको भन्दै नेपाल

प्रधानमन्त्री केपी ओलीविरुद्ध रवि लामिछानेको कडा आक्रोश

     प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी