बाढीले कृषिमा ७७ करोड र शिक्षामा २१ लाखको क्षति



हाम्रो इकोनोमि

नवलपरासीमा गत साउन महिनामा आएको बाढीले कृषिमा ठूलो क्षति पु¥याएको छ । बाढीले करिब रु ७७ करोड ३३ लाख १९ हजार बराबरको क्षति भएको बताइएको छ ।

अविरल वर्षापछि बाढीका कारण परासीको सीमावर्ती तथा दक्षिणी क्षेत्रमा ठूलो क्षति भएको हो । सबैभन्दा बढी खाद्यान्न बालीमा बाढीले असर पारेको छ ।

खाद्यान्न बालीमा रु ६७ करोड ८७ लाख, तरकारीमा चार करोड २६ लाख र माछामा पाँच करोड १८ लाख बराबरको क्षति भएको कृषि विकास कार्यालयका प्रमुख तेजनरायण गैरेले बताउनुभयो ।

बाढीले नवलपरासीको १५ वटा स्थानीय तहमध्ये विनयी त्रिवेणी, सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकामा क्षति भएको छ । यस्तै मध्यबिन्दु, बर्दघाट र रामग्राम नगरपालिकाको कृषि क्षेत्रमा क्षति पुगेको छ ।

सबैभन्दा बढी सरावल गाउँपालिकामा रु २३ करोड ७८ लाख ६२ हजार, प्रतापपुरमा रु चार करोड २१ लख ३३ हजार, पाल्हीनन्दनमा रु२५ करोड ९२ लाख ५४ हजार, विनयी त्रिवेणीमा रु ३४ लाख १० हजार, सुस्तामा रु २४ करोड एक लाख ७५ हजार बराबरको उपज क्षति भएको छ ।

यस्तै रामग्राम नगरपालिकामा रु ६६ लाख ४४ हजार, बर्दघाटमा ५८ लाख ४१ हजार र मध्यबिन्दुमा १७ करोड ९५ लाख २० हजार बराबरको कृषि उपज क्षति भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...