संसदमा एमालेको सेखी झार्ने गरी देउवाले के-के बोल्दैछन



हाम्रो इकोनोमि

प्रमुख बिपक्षी दल एमालेले आफ्नो धुवादार बिरोध गरेकोमा त्यसको प्रतिबाद गर्दै प्रधानमंत्रीले संसद बाटै कडा जवाफ दिदै छन। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले भारत भ्रमणको क्रममा दिएको अभिब्यक्तिलाई लिएर विरोध सुरु गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई जवाफ दिने भएका छन ।
उनले ब्यवस्थापिका संसदको बैठकमार्फत प्रमुख प्रतिपक्षी दललाई जवाफ दिने तयारी गरेका हुन । आफ्नो भारत भ्रमणको विषय बस्तु बारे संसदलाई जानकारी गराउन र एमालेको विरोधको जवाफ दिन प्रधानमन्त्री देउवाले सभामुख ओनसरी घर्तिसँग बोल्ने समय लिएका छन ।
नेकपा एमालेले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा संविधान संसोधनमा दुई तिहाई बहुमत पु¥याउन नसक्दा पास नभएपनि भविष्यमा दुई तिहाई बहुमत पु¥याएर संसोधन गर्ने प्रतिबद्धतासहितको अभिब्यक्ति दिएका थिए । जसलाई एमालेले संसद, संविधानसभाको अपमान गरेको र नेपालको आन्तरिक मामिलालाई अन्तर्राष्ट्रिय करण गरेको आरोपसहित विरोध गरेको छ ।
कांग्रेसले भने भारतीय प्रधानमन्त्रीको जवाफमा नेपालको बास्तविकता भनेको भन्दै त्यसको बचाऊ गर्दै आएको छ । अझ कतिले त देउवाको बिरोध गर्दै पुत्ला समेत जलाएका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...