जाँडले लठ्ठ भएका मालपोतका नायब सुब्बालाई प्रहरीले दिउँसै समातेर यसरी जाक्यो



हाम्रो इकोनोमि

आर्थिक अनियमिता हुने मालपोत कार्यालय कञ्चनपुरका कर्मचारी दिउँसै अर्थात कार्यालय समय भित्रै मदिरा सेवन गरेर कार्यालय जाने गरेको पाईएको छ । जिल्ला मालपोत कार्यालय कञ्चनपुरमा कार्यरत नायब सुब्बा धर्मराज जोशी मदिरा सेवन गरेर कार्यालय आएको पाईएको छ । नासु जोशीले कार्यालयमा सेवाग्र्राहीलाई दुःख दिएको भन्दै प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले आइतबार दिउँसो कार्यालय समय भित्र नासु जोशीलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक टक्कर स्वाँरले मदिरा सेवन गरी सेवाग्राहीलाई दुःख दिएको गुनासो आएपछि जोशीलाई नियन्त्रणमा लिएको बताए । मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत गोविन्द प्रसाद अधिकारीले सेवाग्राहीको पटक÷पटकको गुनासो पछि जोशीलाई सम्झाई बुझाई गर्दा समेत मदिरा सेवन गर्न नछोडेपछि बाध्य भएर कारबाही प्रक्रिया अगाडी बढाइएको बताए ।

नायब सुब्बा जोशी मदिरा सेवन गरेर कार्यालय आउने र सेवाग्राहीको काम नगर्ने गरेको पाइएपछि यसअघि आफुले कानुनी कारबाही गर्ने चेतावनी दिएको बताउदै प्रमुख मालपोत अधिकृत अधिकारीले जोशीले मापसे सेवन गरे÷नगरेको परिक्षण गरी आवश्यक कारबाही अगाडी बढाउने बताए । जोशीलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा राखेको छ । जोशीको मपासे परीक्षण गरि कार्बाही गरिने बताए ।

सरकारले धुम्रपान तथा मध्यपान नियन्त्रणका लागि सरकारी कार्यालय भित्र, परिसर अथवा बाहिर पनि बिक्रि वितरण एव सेवनमा रोक लगाए पनि सरकारी कर्मचारीबाटै ऐन ठाडै उलङघन गरिएको छ । सरकारी कर्मचारी नै दिउँसै कार्यालय समयमै मदिरा सेवन गरेर लठ्छ बनेपछि सेवाग्राही समेत मारमा परेका छन् । भने सरकारले दिएको निर्देशन पालना नगरेको स्वत देखिएको छ ।

घुस खाने अड्डाकै रुपमा विकसित कार्यालयका कर्मचारीले कार्यालयमा अवैध रुपमा घुस खान नपाएपछि मदिरा सेवन गरेर चित्त बुझाउन नयाँ ट्कि अघि सारेको सेवाग्राहीको आरोप छ । जोशीको आइतबारै स्वास्थ्य परिक्षण गर्दा मदिराले लठ्ठ भएका थिए । मदिरा सेवन गरेको विषयलाई लिएर प्रहरीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्दै जरिवाना गरेर छाड्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...