गिरिजाकै स्टायलमा बिराटनगर पुगेर देउवा बिरुद्द कुर्लिए प्रचण्ड,के निहुँ खोजेर सत्ता समीकरण भत्काऊदैछन्?



कांग्रेसका दिवंगत सभापति एबम पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला बिराटनगर पुगेर राजनितीमा तरङ्ग ल्याउने बिषय बोल्थे त्यसैलाई निरन्तरता दिदै माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले बिराटनगर पुगेरै हालका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको उछितो काढेका छ।

पूर्वप्रधानमन्त्री एवं सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्ति प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।भारत भ्रमणका क्रममा संविधान चाडै संसोधन गरिने भनि प्रधानमन्त्रीले दिएको अभिव्यक्ति प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले अहिले संसोधन आवाश्यक नभएको टिप्पणी गरेका हुन् । पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुलाई प्रशिक्षण दिन विरानगर पुगेका प्रचण्डले पत्रकार भेटघाटमा अहिले संविधान संशोधनको बहस नै आवश्यक नभएको बताए ।

प्रधानमन्त्रीले कुन सन्दर्भमा के बोल्नुभो, आधिकारिक जानकारी छैन। तर, अहिले संविधान संशोधन हुँदैन, यो छिमेकीसँग समझदारी गर्ने कुरा पनि हैन, प्रचण्डले भने, देशलाई आवश्यक परे फेरि बहस गरौला। तर, अहिले यो बहस आवश्यक नै छैन।

नेपाल र भारतबीच जारि संयुक्त वक्तव्यमा कोशी बाँधको विषय उल्लेख भएको र त्यसलाई उक्त वक्तव्यमा राख्न आवश्यक नभएको उनको भनाई थियो । प्रचण्डले भने, आज मात्रै मैले संयुक्त वक्तव्य हेरे। तर, त्यो कुरा उल्लेख गर्न आवश्यक थिएन। काठमाडौं फर्केपछि हामी प्रधानमन्त्री लगायतसँग छलफल गर्छौं।पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले बिराटनगरमा राखिएको भारतीय क्याम्प हटाउनुपर्ने कुरामा माओवादी केन्द्र स्पष्ट रहेको बताए । बर्तमान सत्ता समिकरणमा आघात पुग्ने काम देउवा बाट भएको प्रचण्डको ठम्याई छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।