बाढीमा मृत्यु भएका परिवारलाई पच्चीस हजार राहत प्रदान



हाम्रो इकोनोमि

महोत्तरी जिल्लामा बाढीमा ज्यान गुमाएका नौ जनामध्ये दुई जनालाई आइतबार रु २५ हजारका दरले तत्काल राहत प्रदान गरिएको छ ।

सरकारले जिल्लामा बाढीमा ज्यान गुमाएकालाई रु दुई लाखका दरले घोषणा गरेकामा हाल रु २५ हजार तत्काल राहतस्वरुप पठाएकामा दुई जनालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले सो रकम दिएको हो ।

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले आइतबार बाढीमा ज्यान गुमाएका जलेश्वर नगरपालिका– २ का १५ वर्षीय बिक्कीकुमार ठाकुर र पिपरा गाउँपालिका– ६ का आठ वर्षीय रितेश सदाका अभिभावकलाई रु २५ हजारका दरले राहत उपलब्ध गराउनुभयो ।

यसबाहेक अन्य बाँकी मृतक सात जनाको परिवारलाई पनि आज तत्काल राहतस्वरुप रु २५÷२५ हजार प्रदान गरिने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

साथै बाँकी रहेका रु एक लाख ७५ हजार सरकारले पठाउनेबित्तिकै जिल्ला प्रशासनले पीडितलाई उपलब्ध गराउने प्रजिअ श्रेष्ठले बताउनुभयो ।

यसैगरी एलायन्स फोर डिजास्टर रिलिफले महोत्तरीका ३१५ जना बाढीपीडितलाई राहत वितरण गरेको छ ।

अविरल वर्षापछि आएको भीषण बाढीबाट प्रभावित भएका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका क्षेत्रका विभिन्न तीन वटा वडाका ३१५ जनालाई सो संस्थाले राहत वितरण गरेको हो ।

सो संस्थाले जलेश्वर नगरपालिका वडा नं २ का १५४ जना, वडा नं ८ का ५६ जना र वडा नं ३ का १०५ जना अति पीडितलाई राहत वितरण गरेको छ ।

बाढीबाट अन्नपात बगाएर खानलाई समस्या भइरहेका तीनवटै वडाका पीडितलाई सो संस्थाले चामल, दाल, नून, तेल, आलु, प्याज, जीवनजल र झुल वितरण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...