बाढीमा मृत्यु भएका परिवारलाई पच्चीस हजार राहत प्रदान



हाम्रो इकोनोमि

महोत्तरी जिल्लामा बाढीमा ज्यान गुमाएका नौ जनामध्ये दुई जनालाई आइतबार रु २५ हजारका दरले तत्काल राहत प्रदान गरिएको छ ।

सरकारले जिल्लामा बाढीमा ज्यान गुमाएकालाई रु दुई लाखका दरले घोषणा गरेकामा हाल रु २५ हजार तत्काल राहतस्वरुप पठाएकामा दुई जनालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले सो रकम दिएको हो ।

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले आइतबार बाढीमा ज्यान गुमाएका जलेश्वर नगरपालिका– २ का १५ वर्षीय बिक्कीकुमार ठाकुर र पिपरा गाउँपालिका– ६ का आठ वर्षीय रितेश सदाका अभिभावकलाई रु २५ हजारका दरले राहत उपलब्ध गराउनुभयो ।

यसबाहेक अन्य बाँकी मृतक सात जनाको परिवारलाई पनि आज तत्काल राहतस्वरुप रु २५÷२५ हजार प्रदान गरिने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

साथै बाँकी रहेका रु एक लाख ७५ हजार सरकारले पठाउनेबित्तिकै जिल्ला प्रशासनले पीडितलाई उपलब्ध गराउने प्रजिअ श्रेष्ठले बताउनुभयो ।

यसैगरी एलायन्स फोर डिजास्टर रिलिफले महोत्तरीका ३१५ जना बाढीपीडितलाई राहत वितरण गरेको छ ।

अविरल वर्षापछि आएको भीषण बाढीबाट प्रभावित भएका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका क्षेत्रका विभिन्न तीन वटा वडाका ३१५ जनालाई सो संस्थाले राहत वितरण गरेको हो ।

सो संस्थाले जलेश्वर नगरपालिका वडा नं २ का १५४ जना, वडा नं ८ का ५६ जना र वडा नं ३ का १०५ जना अति पीडितलाई राहत वितरण गरेको छ ।

बाढीबाट अन्नपात बगाएर खानलाई समस्या भइरहेका तीनवटै वडाका पीडितलाई सो संस्थाले चामल, दाल, नून, तेल, आलु, प्याज, जीवनजल र झुल वितरण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...