छ देशमा श्रम सहचारी नियुक्त



हाम्रो इकोनोमि

श्रम तथा रोजगार मन्त्रालयले छ देशमा श्रम सहचारी नियुक्त गरेको छ ।

दक्षिण कोरियाको काउन्सेलरमा डिल्लीराम बास्तोला, मलेसियाको काउन्सेलरमा बद्रीकुमार कार्की, संयुक्त अरब इमिरेट्स ९युयई०को श्रम सहचारीमा मोतिराम भुसाल, ओमनको सहचारीमा कृष्णाकुमारी गौली, कुवेतको सहचारीमा ज्ञानेन्द्र शर्मा र साउदी अरबको जेद्दामा राजु कुँवर सहचारीका रुपमा नियुक्त हुनुभएको छ ।

काउन्सेलरमा नेपाल सरकारका उपसचिवस्तरका र सहचारीमा अधिकृतस्तरका कर्मचारी रहने व्यवस्था छ ।

काउन्सेलर र सहचारी नियुक्ति तथा छनौटसम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ को मूल्याकंन प्रक्रियाबमोजिम प्राप्ताङ्कका आधारमा उनीहरुलाई छनौट गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि सहचारी नियुक्तिका लागि सहज मापदण्ड रहेकामा यसपटक अङ्ग्रेजी भाषालाई उच्च प्राथमिकतामा राख्दै कार्यविधि बनाएर सोही अनुरुप निवेदन माग गरिएको थियो ।

सहचारीका लागि २० जनाले आवेदन दिएकामा ११ जना मात्रै प्रस्तुतीकरणमा सहभागी भएका थिए । छनौटमा परेकाले दुई वर्षका लागि ती देशमा रहेको नेपाली दूतावासमा वैदेशिक रोजगारीसम्बन्धी विषयमा सहजीकरणको माग गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...