दशैको टिकट खुलाउने बिषयमा लफडा,भाडा नबढाए ब्यबसायीले गाडी नकुदाउने



हाम्रो इकोनोमि

दशैंको अग्रिम बुकिङ खुलाउने विषयमा सरकार र यातायात व्यवसायी बीच विवाद सुरु भएको छ ।
आइतबार यातायात व्यवसायी र सरकारबिच अग्रिम बुर्किङ खुलाउने विषयमा छलफल भयो तर सहमती हुन सकेन् ।
यातायात व्यवसायीहरुले ०६९ सालमा सरकारले तोकेको भाडादर वैज्ञानिक र परिमार्जित नभएको बताए । सरकारले ०७२ सालको भूकम्पयता डिजेलको मूल्य बढेको आधारमा लामो रुटको सवारीको भाडादर बढाए पनि हालको अवस्थामा उक्त भाडादर धेरै पुरानो भएको भन्दै तत्कालिन अवस्थामा बुर्किङ नखुलाउने स्पष्ट पारे ।
‘डिजेलको मूल्यका आधारमा बढाइएको भाडादर हालको बजारमूल्य अनुसार काम नलाग्ने भएको छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले, ‘गाडीको पार्टपुर्जा र लुब्रिकेन्ट्सको मूल्य बढेका आधारमा सवारीको भाडादर बढाइनुपर्छ ।’

उता सरकार भने भाँडा बढाउने पक्षमा छैन् । यातायात व्यवस्था विभागले अहिलेकै अवस्थामा भाडा संयोजन नहुने बतायो । विभागका महानिर्देशक रुपनारायण भट्टराईले आउँदो १५ गते अग्रिम बुकिङको टुंगो लाग्ने बताउँदै भाडा संयोजनका बारेमा सरकारले केही नसोचेको बताए ।
प्रहरीका अनुसार दसैंमा करिब २० लाख यात्रु उपत्यकाबाट बाहिरिन्छन् । यसरी सरकार र व्यवसायी बिचको विवादले कतै दशैंमा यात्रुहरुले अग्रिम टिकट पाउन त कठिन हुने होइन भन्ने चिन्ता पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...